राउन्ड टेबल नेपालद्वारा सुनगाभा विद्यालयलाई भवन हस्तान्तरण
काठमाडौं । राउन्ड टेबल नेपालले सुनगाभा बाटिका नेपाल विद्यालयको भवन निर्माणमा सहयोग गरेको छ । राउन्ड टेबलले विद्यालयका लागि छ वटा कक्षा कोठाको एक भवन, एक बहुउद्देश्यीय हल र शौचालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरणको गरेको छ ।
करिब पाँच महिनाअघिबाट सुरु भएको निर्माण कार्य छोटो अवधिमा नै सम्पन्न गरेर राउन्ड टेबलले आफ्नो अर्ध–वार्षिक बैठकको अवसरमा भवन हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा राउन्ड टेबल इन्टरनेसनलका अध्यक्ष मार्क जर्मेहसेन, राउन्ड टेबल नेपालका अध्यक्ष नितेशकुमार अग्रवाल, राउन्ड टेबल काठमाडौ–१ का अध्यक्ष कन्हैया घिराईयालगायत अन्य राउन्ड टेबलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै, संस्थाले विद्यालयका बालबालिकाहरूलाई स्कुल ब्याग, पुस्तक, स्टेसनरी तथा खाजा र खाना वितरण गरेको छ । हाल सुनगाभा बाटिका नेपालमा एक सय ५० बालबालिकाले अध्ययन गरिरहेका छन् । एकल अभिभावक भएका बालबालिका, श्रमिकहरूको बालबालिका तथा कुलतमा लागेका अभिभावकका बालबालिकाहरूलाई हेरचाह गर्ने उद्देश्यले १७ वर्ष अगाडि सुनगाभा बाटिका नेपाल विद्यालयको स्थापना गरिएको थियो ।
कमजोर पूर्वाधारका कारण बालबालिकाको शिक्षामा मात्रै नभई स्वास्थ्यमा समेत गम्भीर प्रभाव पर्ने देखिएपछि राउन्ड टेबलले विद्यालयलाई पूर्वाधार निर्माणमा सहयोग गरेको हो । करिब ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यस विद्यालयको भवनमा राउण्ड टेबल नेपाल, राउन्ड टेबल अस्ट्रिया, राउन्ड टेबल पेरिस, एनआईएमबी बैङ्कलगायतको संस्थाहरूले आर्थिक सहयोग गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया