राजनीतिक धरोहरमा आर्थिक विकासको पदचाप
काठमाडौं । विश्वका कुनै पनि लोकतान्त्रिक राज्यव्यवस्थाको राजनीतिमा विचारको विविधता कायम रहनुलाई सामान्य प्रक्रिया मान्न सकिनेछ । जसमा नेपाल पनि पृथक रहन सक्दैन । सम्बद्ध क्षेत्रमा विचारको बाहुल्यता सहजरूपमा प्राप्त हुन नसक्ने हो भने त्यहाँ स्वतन्त्ररूपमा आन्तरिक राजनीतिले विचरण गर्ने अवस्था प्राप्त गर्न सक्दैन । राजनीतिकशास्त्रको प्रस्तुत सैद्धान्तिक धरातललाई सूक्ष्मरूपमा केलाएर अध्ययन गर्ने हो भने सम्प्रभू नागरिक समुदायका जीवनवृतिका समस्यालाई सहजरूपमा समाधान गर्न सक्ने सामथ्र्यवान् राजनीतिक विचारकले नै मुलुकको शासकीय स्वरूपमा आफ्नो उल्लेख्य सहभागिताको बाहुल्यता कायम राख्न सक्षम रहनेछ भन्ने जनविश्वासको अब्बल परिणामलाई राजनीतिको विशिष्टरूप मान्न सकिन्छ ।
किनकि आमनागरिक समाजले राजनीतिक समूहको सैद्धान्तिक विचारकलाई समाजमा प्रतिस्थापन गर्ने अवस्था तयार नगरेसम्म त्यसले साकाररूप धारण गर्न सक्ने अवस्था पक्कै पनि रहने छैन । जसलाई विचार र विश्वासको समागम स्थल समेत मान्दा फरक नपर्ला । तसर्थ राजनीतिक दिग्दर्शनको आधारमा नै सही मूल्याङ्कन हुने हुँदा कुनै पनि राजनीतिक समूहले आफ्नो धरातलीय सैद्धान्तिक विशेषताबाट च्यूत रहने अवस्था तयार पार्नु भनेको आफ्नो राजनीतिक अडानबाट पश्चगमनतर्फ उन्मुख रहने वातावरणको विकास गर्नुबाहेक अर्को कुनै ठोस राजनीतिक लाभ हासिल गर्न सक्ने अवस्था रहँदैन ।
विपरीत अवस्था कायम रहन्छ भने त्यसलाई महत्वाकांक्षाजन्य अवसरवादिताको संज्ञा दिँदा फरक नपर्ला । मूलतः राष्ट्रिय राजनीतिको क्षेत्रमा सैद्धान्तिक निष्ठाप्रतिको न्यूनताले प्रभावविहीन अवसरवादीलाई आफू अनुकूलको स्वार्थपूर्ण राजनीतिमा हाबी गराई सोही अनुरूपको मूल्याङ्कन गर्ने परिपाटीको विकास तथा निर्माणले राजनीतिको गति अर्थहीनतातर्फ अग्रसर हुन गएको पाइयो । प्रस्तुत कार्य आर्थिक विकासविरोधी रहनुका साथै नागरिक हितविपरीत रहने गरेको तथ्यहरूले प्रमाणित गरिसकेको वर्तमान अवस्था हो । प्रस्तुत प्रवृत्तिका राजनीतिक अडानहरूमा प्रभाव पार्ने प्रमुख तत्व विशेषको रूपमा स्पष्ट राजनीतिक चेतनाका साथै न्यूनतम शैक्षिक वृत्ति विकासको अभावलाई लिन सकिन्छ ।
अधिकार प्राप्तिका नाममा गरिने राजनीतिक असहिष्णुताले नागरिकको लोकतान्त्रिक व्यवहारको धज्जी उडाउँदै गैरलोकतान्त्रिक संस्कृतिको विकासलाई मात्र प्रोत्साहन गर्ने हुँदा आर्थिक विकासको प्रमुख बाधक तत्व विशेषको रूपमा प्रस्तुत क्रियाकलापको गतिशीलतालाई लिन सकिन्छ । जसबाट नागरिक समाजमा आर्थिक असमानताका कारण गरिब तथा धनीबीचको आर्थिक दूरी दिन प्रतिदिन गहिरिन गई वर्गीय द्वन्द्वको सूत्रपात हुने सम्भावना विकासलाई अन्यथा लिन मिल्दैन । जुन न्यून शैक्षिक जमातमा प्रलोभनका कारण निहीत स्वार्थपूर्ण राजनीतिले डेरा जमाउन सक्ने वातावरणीय प्रभावको विकासले निम्ताएको गहन राजनीतिक चिन्तन समेत हो भनेमा अत्युक्ति नहोला । जसलाई शक्ति प्रदर्शनको प्रभावले निम्ताएको विकृत अवस्थाको भयावहरूपमा समेत चित्रण गर्न सकिनेछ । जसले मुलुकको राजनीतिमा दूरगामी ऋणात्मक प्रभाव पार्नुको साथै विकासका चाहना राख्ने आमनेपाली नागरिक समुदायको आर्थिक विकासका पदचापहरूलाई समेत पश्चगमनतर्फ लैजान सक्ने वातावरणीय खतरा पनि त्यत्तिकै मात्रा बढेको पाइयो ।
अतः प्रस्तुत प्रवृत्तिको नकारात्मक प्रभावबाट पृथक रहनाको खातिर विवेकसम्मत ढङ्गबाट राजनीतिक निर्णयहरू लिइनु युक्तिसंगत कार्य मान्न सकिनेछ । किनकि जसले आर्थिक विकासको क्षेत्रमा समेत दीर्घकालीन प्रभाव पार्ने हुँदा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने वातावरणको विकास गर्नु विकाससम्मत कार्ययोजना हुन सक्दैन । यद्यपि राजनीतिक अडानहरू समयको गति सँगसँगै गतिमय हुने हुँदा आर्थिक विकासको महायात्रालाई चलायमान वनाउन नसक्ने पनि होइन । यद्यपि राजनीतिक दलहरूको विचारमा आएको नवप्रवर्द्धनको गतिशीलताको आधारमा मुलुकको आर्थिक नीति एवम् विकासम्मत कार्ययोजनामा पनि समयानुकूल सकारात्मक परिवर्तनको संकेतहरू देखापर्नसक्ने सम्भावनालाई सहजै इन्कार गर्न अवश्य पनि मिल्दैन ।
परिणामतः मौद्रिक एवम् वित्तीय नीति, बढ्दो आर्थिक असमानताका क्षेत्रमा आवश्यक पर्ने नीतिहरूलाई समय सापेक्ष सुधार गर्दै आर्थिक समृद्धिको पदचापलाई पछ्याउँदै विकासको यात्रालाई तय गर्ने अवसरहरू निश्चितरूपमा राजनीतिक धरोहरमा केन्द्रिकृत रहने गर्छ । जुन आर्थिक विकासका लागि शुभसूचक पनि हो । किनकि राजनीतिक स्वार्थ हाबी भएका नीतिहरूले विकास सम्मत पदचापहरूलाई लत्याउने सम्भावना रहेकै कारण अर्थतन्त्रमा समेत ऋणात्मक असर पर्नेछ । जसलाई विकासविरोधी कदमको रूपमा लिँदा त्यति फरक नपर्ला । अतः विविध राजनीतिक कारक तत्व विशेषले आर्थिक विकासको क्षेत्रलाई समेत प्रभावित पार्ने अवस्था तयार भए आर्थिक समृद्धिको प्रतिफल प्राप्तिमा समेत विलम्ब उत्पन्न हुने देखिन्छ । जुन विकासको लागि प्रत्योत्पादक सावित हुने तथ्यहरूले प्रमाणित गरिसकेको वर्तमान अवस्था हो ।
तर नेपालजस्तो राजनीतिक शैक्षिक ज्ञानको अभाव रहेको विकासोन्मुख राज्य व्यवस्थामा सधैं नै यसको अभाव खड्किएकै कारण आर्थिक पछौटेपनको अवस्थामा सोचेअनुरूपको प्रगति देख्न नसकिएको मात्र हो । उच्च राजनीतिक धरातलमा उभिएरमुलुक र नागरिक समाजको हितका लागि कम्मर कस्ने हो भने आर्थिक विकासका पदचापहरूलाई सहजरूपमा आत्मसाथ गर्न कुनै किसमको असहज परिस्थितिको सामना अवश्य पनि गर्नुपर्ने छैन । तत्पश्चात प्राप्त आर्थिक विकासले नागरिक समुदायको प्रतिव्यक्ति आयमा अभिवृद्धि गर्दै जीवनस्तरलाई सुखमयी यात्रातर्फ लैजान सहयोगीको भूमिका निर्वाह गर्नेछ । तसर्थ विकासको लागि आवश्यक पर्ने तत्व विशेषलाई निश्चितरूपमा राजनीतिको दुष्प्रभावबाट विमुख राख्ने प्रयास गर्ने हो भने सकारात्मक परिणामको अपेक्षा अवश्य पनि गर्न सकिनेछ । किनकि अस्थिर राजनीतिक परिवेशमा आर्थिक विकासको मोडलले आफ्नो लक्ष्य निर्धारण गर्न सक्ने अवस्था अवश्य पनि रहने छैन भन्ने आर्थिक सैद्धान्तिक विषयवस्तुलाई हामीहरू कसैले पनि भुल्न मिल्दैन ।
तसर्थः राजनीतिक स्थिरतामा नै आर्थिक विकासको सही मार्ग चित्र कोर्न सक्ने उचित वातावरणको विकास हुनेछ । जसबाट नागरिकका न्यूनतम आधारभूत मानवअधिकारको रक्षा गर्नुको साथै आर्थिक अधिकारको सुनिश्चितता कायम राख्न सहजीकरणको अवस्था पैदा हुने देखिन्छ । जुन नागरिकको जीवन सुख–समृद्धिसँग अन्तर्निहीत रहेको हुन्छ । तदुपरान्त आर्थिक भाग्य निर्माण तथा मानव जीवनका न्यूनतम आधारभूत आवश्यकताको पहुँचमा नागरिक समुदायको उल्लेख्य सहभागिताको अभिवृद्धि हुने अवसरहरूको सूत्रपात हुनेछ ।
राजनीतिक एवम् आर्थिक समृद्धिको एकीकृत सहकार्यले विकास निर्माणका उपर्युक्त स्थलगत आधारभूमि तयार पार्दै आर्थिक विकासको पदचापलाई उन्नतिको शिखरमा पु¥याउन सहयोग पुग्ने विश्वास लिन सकिन्छ । विपरीत अवस्था तयार भए आर्थिक स्थिरतामा विचलनको अवस्था पैदा भई मुलुकको अर्थतन्त्रमा समेत ऋणात्मक असर पर्न जाने सम्भावना विकासलाई नजरअन्दाज गर्न भने अवश्य पनि मिल्दैन । यदि गरिने चेष्टा राखिन्छ भने आर्थिक विकासको प्रतिफलबाट कोशौँकोश टाढा रहने अवस्था पैदा हुने निश्चित प्राय: छ ।
किनकि स्थायित्वगत राजनीतिक धरोहरले मात्र दीर्घकालीन अवस्थामा रहेको राजनीतिको असाधारण तथा अराजक पाटोलाई क्रमशः सकारात्मकतातर्फ रूपान्तरण गर्नुको साथै सकारात्मक गति प्रदान गर्ने कार्यलाई निरन्तरता प्रदान गर्नेछ भन्ने जनविश्वास रहँदै आएको छ । जसमा नागरिकका सदिच्छालाई यथार्थमा परिणत गर्न आवश्यक पर्ने आर्थिक विकासका पदचापलाई पछ्याउन सहयोग पुग्ने देखिन्छ । तत्पश्चात प्राप्त हुन आएको सकारात्मक राजनीतिक पहलकदमीले आर्थिक विकासको क्षेत्रमा ठूलो टेवा पुग्ने भएकाले विकास सम्मत राजनीतिक सोचको अभिवृद्धि हुनु नै राजनीतिक धरोहरको मूल लक्ष्य समेत रहेको हुँदा प्रस्तुत कार्यदिशामा हामीहरू कसैको पनि भिन्नमत रहन सक्दैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया