Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसगरमाथा क्षेत्रलाई सिधा सडक सञ्जाललेजोड्ने मितेरी पुल निर्माण सम्पन्न

सगरमाथा क्षेत्रलाई सिधा सडक सञ्जाललेजोड्ने मितेरी पुल निर्माण सम्पन्न


सोलुखुम्बु, जेठ २१
सगरमाथा क्षेत्रलाई सदरमुकामसँग सिधा सडकले सञ्जाले जोड्ने माप्य–खुम्बु मितेरी ट्रष्ट ब्रिज निर्माणकार्य सम्पन्न भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा निर्माणाधीन मोटरेबल पुलको काम सम्पन्न भएको हो । पुल निर्माण हुन केही समय ढिलो भए पनि निर्माण सम्पन्न हुनु खुसीको कुरा भएको माप्यदूधकोशी गाउँपालिकाका प्रवक्ता तेज बहादुर मगरले बताए । पुल निर्माणको काम पूर्ण रुपमा सकिएको उनको भनाइ छ । यो पुलको निर्माणकार्य वैशाखमा सक्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीको भनाइ छ ।

माप्यदूधकोशी, खुम्बु पासाङ ल्हामु गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण भएको यो मितेरी टष्ट्र ब्रिजको उद्घाटन असार १५ गते गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । सगरमाथा क्षेत्रलाई सिधा सडक सञ्जालले जोड्ने लक्ष्यका साथ निर्माण गरिएको मितेरी ट्रष्ट ब्रिजको शिलान्यास गत मंसिर १३ गते गरिएको थियो ।

पुलको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले गरेका थिए । हिन्दू र बौद्ध परम्पराअनुसार पुलको शिलान्यास गरिएको थियो । जलप निर्माण कम्पन्नीले ८ करोड ३४ लाख ८० हजारमा निमार्णको जिम्मा पाएको थियो । जसमा माप्य र खुम्ब पासाङल्हामु गाउँपालिकाले समान ३–३ करोड प्रदेश सरकारको २ करोड र संघीय सरकारको १ करोड बजेटमा यो पुलको निर्माण कार्य सम्पन्न भएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x