पार्की आइसक्रिम निःशुल्क वितरण
काठमाडौं । सिभान्स फुड प्रोडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ले राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सूर्यविनायक र काभ्रेको बनेपालगायतका स्थानबाट एक लाख मूल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो । नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा)ले यो दिवसलाई औपचारिकरूपमा मनाउन ‘आइसक्रिम फर एभ्री सिजन’ नारा तय गरेको छ । पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरूमा उपलब्ध छन् ।
कम्पनीले मुख्यतयाः खाद्यान्नसँग सम्बन्धित उत्पादन तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । आगामी दिनमा त्यही उद्देश्य पूरा गर्न सेवा विस्तारमा जोड दिने तयारी थालेको छ । उद्योगले आगामी दिनमा दालमोठ, भुजियालगायत अन्य खाद्य उत्पादनहरू पनि बजारमा ल्याउने तयारीमा जुटेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया