पाकिस्तानको प्रधानमन्त्रीमा शरिफ
इस्लामावाद । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ निर्वाचित भएका छन् । उनी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता हुन् । उनी दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् ।
शरिफ पाकिस्तानको राष्ट्रियसभाबाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका हुन् । नेता शरिफलाई प्रधानमन्त्री बन्न भारी मत मिलेको छ । आइतबार भएको मतदानमा उनले दुई सय एक मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अयूब खानले ९२ मत प्राप्त गरेका छन् । अयूब पूर्वप्रधानमन्त्री खान निकट सांसदहरुको उम्मेदवार थिए ।
निर्वाचनको परिणाम सार्वजनिक गर्दै नेशनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
पाकिस्तानको आम निर्वाचनमा कुनै पनि दलको प्रस्ट बहुमत थिएन । यही कारण प्रधानमन्त्री निर्वाचनको लागि समय लागेको थियो । आम निर्वाचनमा जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको दल पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारहरुले जितेका थिए । तर पनि जेलमा रहेका विपक्षी नेता खानका अनुयायीलाई सरकारमा पुग्न नदिन गठबन्धनलाई सफलता मिलेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया