ल्यान्डमार्क भैरहवा होटल सञ्चालनमा
काठमाडौं । ल्यान्डमार्क होटल र रिसोर्टले लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र भैरहवामा ल्यान्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । प्रारम्भमा होटलले डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्विट गरी ५० कोठासहितको सेवा सुरू गरेको छ ।
होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ । होटलका कतिपय कोठाबाट रिभर समेत देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, रूफटप बार पनि रहेको छ । यस्तै, निकट भविष्यमै १० हजार स्क्वारफिटको पार्टी र सेमिनार हलको सुविधा समेत यही होटलबाट दिने योजना रहेको ल्यान्डमार्क होटलका प्रबन्ध निर्देशक ओमप्रकाश पाण्डेले जानकारी दिए ।
होटललाई भारतीयहरूको वेडिङल डेस्टिनेसनको रूपमा विकास गरेर लैजान खोजिएको उनले बताए । उनले अहिले भारतीय नागरिकले प्रतिव्यक्ति पाँच हजार डलरसम्म नेपालमा खर्च गर्न सक्ने गरी भारतीय कानुनमा व्यवस्था भएकाले एकै परिवारका सदस्य चार जनाले २० हजार डलरसम्म खर्च गर्न सक्ने भएकाले वेडिङ पार्टीहरू सञ्चालनको हब बनाउन सकिने सम्भावना रहेको उनको भनाइ छ ।
रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को सिंगापुर कोलनीमा अवस्थित सो होटलको शनिबार लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका हुन् । एक महिना अघिदेखि नै सफ्ट लञ्च भएर सञ्चालनमा आएको भए पनि शनिबार मात्रै होटलको ग्रान्ड ओपनिङ गरिएको हो । भारतीय पर्यटक नेपाल भित्रिने मुख्य नाका बेलहिया नाकाबाट जम्मा तीन किलोमिटरको दूरीमा रहेको यस ल्यान्डमार्क भैरहवामा पाँच वर्ष लगाएर निर्माण गरिएको हो ।
ल्यान्डमार्क होटलका प्रबन्ध निर्देशक पाण्डेले निकट भविष्यमा बर्दिया, चितवनको लेबुवाघाटलगायतको ठाउँमा पनि होटल खोल्न सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिए । त्यस्तै, ल्यान्डमार्कका सञ्चालक आशा गुरूङले कोठाहरूको डिजाइन धेरै राम्रो रहेको र निर्माणमा जर्मन प्रविधिको प्रयोग गरिएको जानकारी दिइन् । उनले छ महिनाभित्र १० हजार स्क्वारफिटको हल निर्माण गरिने र त्यहाँ हुने कार्यक्रममा विदेशीलाई भन्दा स्थानीयलाई ५० प्रतिशत छुट दिने उनले बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया