फेयरफिल्डको सातौँ वार्षिकोत्सव
काठमाडौं । नेपालको पहिलो म्यारियट ब्रान्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौँ वार्षिकोत्सव मनाउन लागेको हो । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै समग्र आतिथ्य सेवाको स्तरवृद्धि गर्न सफल भएको जनाएको छ ।
फेयरफिल्ड काठमाडौंमा आतिथ्य सेवाका लागि अल डे डाइनिङ रेस्टुराँ काभा, जापानिज रेष्टुराँ काकुकाकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज तिन उत्कृष्ट रेष्टुराँहरू रहेका छन् । काभामा नेपाली, इन्डियन र वेस्टर्न खानाहरू पस्किने गरिएको छ भने काकुकाकु सिका जिकामा सुसी रोल, टेपनयाकीजस्ता प्रसिद्ध जापानी खाना पाइन्छ । ओचो स्काई लाउन्जमा भने काठमाडौं सहरको रङ्गीन वातावरण नियाल्दै इटालियन र स्पेनिस खानाको स्वाद लिने अवसर मिल्नेछ ।
काठमाडौंको मुटु मानिने ठमेलको मुखैमा रहेको फेयरफिल्डबाट काठमाडौं दरबार स्क्वायर दश मिनेटको दूरीमा पर्छ भने दरबारमार्ग पाँच मिनेटभन्दा कमको पैदल यात्रामा पुग्न सकिन्छ । यहाँको रात्रिजीवन, सांस्कृतिक विविधताको अनुभूति गर्न चाहने पर्यटकहरूको फेयरफिल्ड साझा रोजाइ बन्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया