भिभो भी३० सार्वजनिक हुनुअघि नै गायिका जोशीको हातमा
काठमाडौं । होटल सोल्टीमा हालै आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएको छ । यो नयाँ स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरूको खुलासा भइसकेको छैन । यद्यपि यसको प्रारम्भिक झलकबाटै प्रयोगकताहरूले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरू र डिजाइन हुने अनुमान गरिरहेका छन् ।
नयाँ स्मार्टफोनको झलक र कम्पनीको गाइँगुइँबाट स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउँदै क्यामेरा एड्भान्समेन्टमा पनि विशेषगरी पोट्रेट क्षमतामा बलियो फोकस रहेको दर्शाउँछ । भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्रेट विशेषता रहेको छ । जसमा टाढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउने अपेक्षा गरिएको छ ।
इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी३० क्लासिक ‘नोबल ब्ल्याक’ रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ । साथै यो एक स्लिम फोन रहेको र प्रयोगकर्ताको सहज अनुभवको लागि स्न्यापड्रेगन ७ जेन ३ प्रोसेसर साथ आउनेछ । फोनले प्रिमियम लुक र स्मुद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रिडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
योसँगै, भिभो भी३० स्मार्टफोनको लन्चका लागि प्रयोगकर्ताहरू माझ उत्साह बढेको छ । सुन्दरता, उन्नत क्यामेरा सुविधाहरू र उत्कृष्ट कार्यसम्पादनको प्रतिज्ञा गर्दै भिभोले स्मार्टफोन क्षेत्रमा एक पटक फेरि तरंगहरू ल्याउन तयारी गरिरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया