विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप
बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ ।
विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडाध्यक्ष विष्णु आचार्यले राससलाई बताए ।
विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए ।
वडाध्यक्ष आचार्यका अनुसार कुश्मी प्राथमिक विद्यालय, सिद्धिगणेश प्राथमिक विद्यालय, जनचेतना प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय र जैमिनी प्राथमिक विद्यालयलाई ल्यापटप प्रदान गरिएको छ । वडा कार्यालयमा आयोजित एक समारोहमा नगर शिक्षा अधिकारी खेम आचार्यले विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप हस्तान्तरण गराएका थिए ।
वडामै रहेका शान्ति माध्यमिक विद्यालय र पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयलाई भने अन्य कार्यक्रममा सहभागी गराइने उनले बताए । चालु आर्थिक वर्षमा प्राथमिक विद्यालयमा ल्यापटप वितरणका लागि वडा कार्यालयले तीन लाख ५० हजार विनियोजन गरेको थियो । उनका अनुसार प्रतिल्यापटप ७० हजारका दरले खरिद गरिएको हो ।
“कम्तीमा प्राविधिक विषय प्रोजेक्टरका माध्यमबाट पढाउन सकियोस्, विद्यार्थीलाई शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न सकियोस् भन्ने हो”, वडाध्यक्ष आचार्यले भने, “यो सुरुआत हो, यसको नतिजाका आधारमा बाँकी कार्यक्रम बनाउँछौँ ।” सामाजिक विकासका क्षेत्रमा पूर्वाधार विकासमा भन्दा धेरै लगानी गर्ने वडाको योजना छ ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया