मञ्जुश्री फाइनान्स ‘बेस्ट फाइनान्स अफ द इयर’बाट सम्मानित
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड बेस्ट फाइनान्स अफ द इयरबाट सम्मानित भएको छ । एउटा निजी सञ्चार माध्यमले आयोजना गरेको कार्यक्रममार्फत उक्त फाइनान्स सम्मानित भएको हो । सो अवार्ड छनोट समिति संयोजक भवानी राणा, सदस्यहरू सुष्मा महरा, तेञ्जिङ शेर्पा, प्रेमलाल महर्जन, आकृति रायमाझी र करुणाकर मल्लिकले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंकिङ, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रबाट छनोट भएका २९ जना व्यक्ति÷संस्थाहरूलाई अवार्ड प्रदान गरिएको हो ।
उद्योगी व्यवसायीसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सबै वाणिज्य तथा विकास बैंक, जीवन तथा निर्र्जीवन बीमा कम्पनीका उच्च पदस्थ अधिकारीहरू र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी दुई सय जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा मञ्जुश्री फाइनान्स लिमिटेडलाई ‘बेस्ट फाइनान्स अफ द इयर’ अवार्ड प्रदान गरिएको हो । सो अवार्ड यस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनालाई हस्तान्तरण गरिएको छ ।
फाइनान्समा कार्यरत सम्पूर्ण कर्मचारीहरूको अथक मेहेनत र लगनशीलताको फलस्वरूप यस संस्था ‘बेस्ट फाइनान्स अफ द इयर’ बन्न सफल भएको छ । यो गौरवको क्षणमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शेयरधनि महानुभाव तथा सम्पुर्ण शुभेच्छकहरूमा हार्दिक आभार प्रकट गरेको फाइनान्सले जानकारी दिएको छ । साथै, यो अवार्डले भोलिका दिनमा यस संस्थालाई अझै उत्कृष्ट बनाई राख्न नयाँ ऊर्जा थपेको महसुस भएको व्यहोरा हामी सम्बद्ध सबै पक्षलाई जानकारी गराउँछौं, फाइनान्सले भनेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया