Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानवसेवा आश्रम जनकपुरलाई सिटिजन्स बैंकको सहयोग

मानवसेवा आश्रम जनकपुरलाई सिटिजन्स बैंकको सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनकपुरमा अवस्थित मानवसेवा आश्रमलाई सहयोग प्रदान गरेको छ । सडक तथा सार्वजनिक स्थलहरूमा अभिभावकविहीन अवस्थामा कष्टपूर्ण र असुरक्षित जीवन बिताइरहेका मानिसहरूको उद्दार तथा व्यवस्थापन गर्दै आएको संस्था मानवसेवा आश्रमलाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

मानवसेवा आश्रममा बिहीबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आश्रममा रहेका व्यक्तिहरूको जीविकोपार्जन तथा सहजीकरणको निमित्त उक्त सामग्रीहरू संस्थालाई हस्तान्तरण गरी मानव सेवामा समर्पित हुन पाउँदा हर्षित भएको कुरा व्यक्त गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया