Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरवस्था देखाउँछ’

‘भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरवस्था देखाउँछ’


 न्युयोर्क, जेठ २१
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोयडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मंगलबार बताएका छन् । उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन् ।

‘यो भाइरसले लामो समयदेखि बेवास्ता गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ’, संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्च आयुक्त मिसेल बाचलेटद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । उनले भनिन्, ‘संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोयडको ‘मृत्यु’लाई लिएर विरोध भइरहेको छ । यो विरोधले प्रहरीले वर्णका आधारमा गरेको हिंसाको मात्र प्रतिनिधित्व गरिरहेको छैन । स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय जातीय विभेदलाई पनि उजागर गर्दछ ।’

थुनामा रहेकै समय अफ्रिकी मूलका अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा हिंसा भड्किएको छ । देशभरका विभिन्न शहरमा प्रदर्शन हुन थालेपछि स्थानीय सरकारहरूले करिब ४० सहरमा निषेधाज्ञा जारी गरेका छन् । केही दिनदेखि भइरहेका देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यस्तै प्रदर्शनमा सहभागी हजारौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउमध्ये केहीलाई प्रहरीले छोडिदिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x