ओमोडा इ–फाइभको वाटर वेडिङ र अन्डरबडी स्क्रापिङ परीक्षण
काठमाडौं । ओमोडा इ–फाइभले सजिलै दुईवटा महत्वपूर्ण गाडीको पानी छिचोल्ने वाटर वेडिङ र अन्डरबडी स्क्रापिङ परीक्षण पार गरेको छ । हालै, ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ–फाइभले ब्याट्रीसम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण गरेको थियो । यस गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको छ ।
पानी छिचोल्ने वाटर वेडिङ परीक्षणले ओमोडा इ–फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ । परीक्षणका क्रममा, ओमोडा इ फाइभले गाडीको अगाडिको ग्रिलसम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो । पोखरीको पानीले गाडीको अगाडिको भागको तिन चौथाइ भाग छोपेको थियो । त्यसका बाबजुद ओमाडा इ–फाइभले पोखरीलाई स्थिर गतिमा पार गर्न सफल भयो । कम्पनीका अनुसार सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटि भएन, न त त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नै बज्यो ।
यसैगरी अन्डरबडी स्क्रापिङ परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश सिर्जना गरिएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध सिर्जना गरी परीक्षण गरीएको हो । यस परीक्षणमा ओमोडा इ–फाइभले २१० एमएम उचाइको फलामको पोस्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकेपछि पनि ३० एमएममाथि रहँदै अघि बढेको गाडीको ब्याट्री प्याकमा कुनै क्षति पुगेन । जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षति पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ ।
ओमोडाका सवारी साधन उत्पादनको आधारभूत सिद्धान्त नै सुरक्षा हो । ओमोडा इ फाइभको वाटर वेडिङ र अन्डरबडी स्क्रापिङमा लक्ष्यमा सन्तोषजनक प्रदर्शनले ओमोडाको अधिकतम सुरक्षा प्रदान गर्ने प्रतिबद्धताले झनै मजबुत बनाएको छ । यसले प्रयोगकर्ताको आगामी दिनको यात्रालाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै ओमाडाको सुरक्षा प्रविधिको उत्कृष्ट प्रयोगले सवारी उद्योगकै मापदण्डलाई उचाइमा पुर्याएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल–भारतबीचको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
- विगत पाँच वर्षदेखि निरन्तर घाटामा वायुसेवा निगम
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया