लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव
काठमाडौं, जेठ २२
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न क्षेत्रका विज्ञले लकडाउन खुकुलो पार्न सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ । लकडाउन लम्बिँदै जाँदा सामाजिक जीवनमा झन् समस्या भएको कारण यसको मोडालिटी परिवर्तन गर्न विज्ञहरुले सुझाव दिएका थिए । उनीहरुले क्वारेन्टाइनको अवस्थामा सुधार गर्न र परीक्षणलाई तीव्र पार्न प्रधानमन्त्रीलाई भनेका थिए ।
उक्त छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं डा. समीरमणि दीक्षित, अरुणा उप्रेती, स्वर्णिम वाग्ले, महेश मास्केलगायत विज्ञहरु सहभागी थिए । प्रधानमन्त्री ओलीले २५ जना विज्ञसँग गरेको छलफल करिब ४ घण्टा चलेको थियो । सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ । आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ । कोरोना संक्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनमा उपचार र सचेतनाका लागि अपनाउनुपर्ने थप रणनीतिका विषयमा पनि विज्ञले सुझाव दिएको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया