Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइ–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा

इ–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा


काठमाडौं । सुरक्षित जीवन तथा परिवारको भविष्य सुनिश्चित गर्नका लागि जीवन बीमा अत्यावश्यक रहेको कारणले नेपालमा जीवन बीमाको संख्या बढ्दो क्रममा रहेको छ । साथै, समय व्यस्तताका कारण घरायसी तथा व्यावसायिक भुक्तानीको लागि अनलाइनका माध्यमहरूको लोकप्रियता पनि बढ्दारूपमा रहेको छ ।

यी दुवै कुराहरूलाई मध्यनजर गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था इ–सेवा प्रालिले एउटा विशेष अफर लिएर आएको छ । यस अफरअन्तर्गत इ–सेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाइको पुरस्कार पाउनु सक्नुहुनेछ । पुरस्कार राशि नगद ५० हजार रुपैयाँ बराबरको हुनेछ । यस विशेष अफरको बम्पर पुरस्कार विजेताले नगद ५० हजार रुपैयाँ वा ५० हजार बराबरको ल्यापटप वा ५० हजार रुपैयाँ बराबरको स्मार्टफोन जित्न सक्नेछन भने पाँच जना भाग्यशाली विजेताले स्मार्टवाच तथा थप पाँच जना भाग्यशाली विजेताले एयरबड्स जित्न सक्ने छन् । यसका साथै इ–सेवाबाट पहिलो पटक जीवन बीमाको प्रिमियम तिर्ने सबै प्रयोगकर्ताहरूले एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ। क्यासब्याक पाउनको लागि इ–सेवाबाट प्रिमियम तिर्दा लाइफ एक सय प्रोमोकोडको प्रयोग गर्नुपर्नेछ ।

इ–सेवाबाट प्रिमियम तिर्ने सबै ग्राहक यो अफरका लागि स्वचालितरूपमा योग्य रहनेछन् भने पुरस्कार जित्नका लागि प्रयोगकर्ताहरूको केवाईसी भने प्रमाणित भएको हुनुपर्नेछ । बम्पर पुरस्कार पुरस्कार विजेताहरूले २५ प्रतिशत राजस्व कर तथा अन्य कुनै पनि सरकारी करहरूका लागि स्वयम् भागीदार हुनुपर्नेछ । फाल्गुन २० देखि चैत्र १० सम्म चल्ने यस विशेष अफरको विजेता भने अफर अवधि सकिएपछि फेसबुक लाइफमार्फत गोलाप्रथाबाट छनोट गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया