सानिमा बैंकद्वारा चाडपर्व विशेष योजना सार्वजनिक
काठमाडौं । सानिमा बैंकले चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरूका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको हो ।
बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकहरूले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । छुटका लागि ग्राहकहरूले महाशिवरात्रि, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५ गतेदेखि लागू हुने बैंकले जानकारी दिएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्रि, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ । साथै, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोयुक्त कार्डका लागि वैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि ग्राहकहरूले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ एपमार्फत् आफूले इच्छाएको फोटो अपलोड गरी आवेदन दिन सक्ने बैंकको भनाइ छ ।
बैंकले सात वटै प्रदेशमा गरी एक सय ३३ वटा शाखा कार्यालय र एक सय २४ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया