Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआइसी एसिया क्यापिटल र युनाइटेड बिजनेस होटलबीच सम्झौता

एनआइसी एसिया क्यापिटल र युनाइटेड बिजनेस होटलबीच सम्झौता


काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेस होटल प्रालिबीच सम्झौता भएको छ । दुवै कम्पनीहरूबीच आईडिया टु आईपीओ सेवासम्बन्धी सम्झौता भएको हो ।

यो सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने कार्य हुने छ । क्यापिटलले आईडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सोही सेवाअन्तर्गत काठमाडौं वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौंमा रजिस्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेस होटल प्रालिलाई क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित युनाइटेड बिजनेस होटल प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणहरूमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेस होटल प्रालिका बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई मोबाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया