Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्प्यारो एसएमएसद्वारा महिला उद्यमशीलता अभियान सुरु

स्प्यारो एसएमएसद्वारा महिला उद्यमशीलता अभियान सुरु


काठमाडौं । स्प्यारो एसएमएसले महिला उद्यमशीलता अभियान सुरु गरेको छ । एमएमएस सेवा प्रदायक संस्था स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको सम्मानमा यो अभियानको घोषणा गरेको हो ।

यस पहलद्वारा स्प्यारोको एसएमएस मार्केटिङ प्लेटफर्ममा विशेष छुट साथै व्यक्तिगत परामर्श सेवाहरू विस्तार गरेर महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नेछ । यस अभियानअन्तर्गत, महिला उद्यमीहरूले स्प्यारो एसएमएसद्वारा प्रदान गरिएको सेवाहरूमा ८० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्छन्, साथै, एसएमएस मार्केटिङबारे पनि निःशुल्क परामर्श लिन सक्नेछन् । कम्पनीका अनुसार बल्क एसएमएस मार्केटिङ साना तथा मध्यम वर्गीय उद्यम र उद्यमीहरूका लागि एक अत्यन्त आवश्यक उपकरण साबित भएको छ । स्प्यारो एसएमएसले यस अभियानमार्फत महिला उद्यमीलाई यो प्रविधिको सहज, सरल र किफायती पहुँच प्रदान गर्ने योजना बनाएको छ, यसले महिलाहरूको व्यापारलाई थप सशक्त र व्यापार प्रवद्र्धन गर्न मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

स्प्यारो एसएमएसले सबै महिला उद्यमीहरूलाई यस विशेष अवसरको सदुपयोग गर्न र व्यावसायिक सफलताका लागि एसएमएस मार्केटिङ प्रयोग गर्नका लागि आग्रह समेत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया