फुडमान्डु काठमाडौं म्युजिक फेस्टिभलको आधिकारिक फुड पार्टनर
काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमान्डु ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फुड पार्टनर हुने भएको छ । आतिफ असलमको लाइभ सो रहेको यस काठमाडौं म्युजिक फेस्टिभलमा फुडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीहरूका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको हो ।
यस म्युजिक फेस्टिभलमा फुडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरूको स्टल रहने छ । यही चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्तरूपमा आयोजना गर्न लागेका हुन् । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुनेछ भने गेट १ बजे नै खुला रहने छ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने छ ।
फुडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले काठमाडौं म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फुड पार्टनर हुन पाउँदा निकै उत्साहित रहेको बताए । सांगीतिक माहोलमा दर्शक स्रोतहरूलाई उत्कृष्ट स्वाद प्रदान गर्दै यो कार्यक्रमलाई अझै धेरै मनोरञ्जन बनाउन कम्पनी तयार रहेको उनले बताए । उनका अनुसार उत्कृष्ट संगीत र स्वादिष्ट खानाको सम्मिश्रणले सहभागी सबैका लागि यो कार्यक्रम अविस्मरणीय हुनेछ । आतिफले तेरे संग यारा, जीनाजीना, वो लम्हे वो बातेँ, जब कोइ बात, पहली दफाजस्ता हिट गीतहरू गाएका छन् । काठमाडौं म्युजिक फेस्टिभलको दोस्रो दिनमा भने अनुभव जैन र एज ब्यान्डजस्ता अन्य कलाकारहरूले पनि प्रस्तुति दिने आयोजकले जनाएका छन् । फुडमान्डुका ब्रान्ड एन्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले म्युजिक फेस्टिभलमा फुडमान्डुको उपस्थितिले संगीतमा स्वाद थपेर यस कार्यक्रममा सहभागीहरूलाई विशेष मनोरञ्जन प्रदान गर्ने बताइन् । फुडमान्डुले खानाको पारखीहरूलाई वर्षौंदेखि विशेष प्राथमिकता दिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया