थर्मल प्लान्टबाट इन्धन चुहिएर नदी प्रदूषित
मस्को, जेठ २२
रसियाका अधिकारीहरुले एउटा थर्मल प्लान्टबाट २० हजार टन डिजेल चुहिएर साइबेरियाली नदीमा मिसिएको भन्दै आपतकालीन स्थितिको घोषणा गरेका छन् । वातावरणविदहरुले यस संकटको तत्काल समाधानका लागि पहल गर्न रसियाली अधिकारीहरुसमक्ष आग्रह गरेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले मंगलबार नदीमा सतहमा रहेको डिजेल रोक्न अस्थायी बाँध बनाइएको भन्दै त्यसको प्रशंसा गरेको छ । यस नदीमा मिसिएको डिजेल तत्काल सफा नगरिए उक्त डिजेल उत्तरी ध्रुव नजिकको नोरिल्स्क सहरसँगैको तालमा मिसिने छ । डब्लुडब्लुएफले सार्वजनिक गरेको भूउपग्रहीय तस्बिरमा अम्बारनाया नदीको सतहको ठूलो क्षेत्रमा कालो धब्बा देखिएको छ । स्थानीय वासिन्दाहरुले सामाजिक सञ्जालमा प्रदूषित पानीका तस्वीरहरु पोस्ट गरेका छन् ।
नोरिल्स्कभन्दा पश्चिमतर्फ रहेको थर्मल विद्युत् गृहबाट गत साता चुहिएको डिजेल अम्बारनाया नदीमा खसेको थियो । रसियाली खानी उत्खनन कम्पनी नोरिल्स्क निकेलको स्वामित्वमा रहेको यस प्लान्टबाट डिजेल चुहिएको जनाएको छ । कम्पनीले प्लान्टको संरचना पुरानो भएको र प्लान्टको संरचना निर्माणमा प्रयोग गरिएका काठ मक्किएर प्लान्टको डिजेल ट्यांकमा क्षति पुगेको जनाएको छ । नोरिल्स्क निकेल कम्पनीका प्लान्टबाट विगतमा पनि इन्धन चुहिने समस्या देखिएका थिए । सन् २०१६ मा पनि एउटा स्थानीय प्लान्टबाट नदीमा प्रदूषित वस्तुहरु पुगेका थिए । यस दुर्घटनामा सरकारले कम्पनीमाथि केवल एक हजार डलर जरिवाना गरेको थियो । (रासस–एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया