इटालीले युरोपेली मुलुकका लागि पर्यटन आगमन खुल्ला गर्ने
रोम, जेठ २२
इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो । एएफपीका अनुसार गर्मी मौसम सुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो । पर्यटकहरुले भेनिस समेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन् । तर ठूलो संख्यामा मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको इटाली भ्रमण गर्न पर्यटकलाई त्यति सहज भने हुनेछैन । युरोपकै अन्य देश पनि महामारीको चपेटामा परेकाले निर्वाध र निःसंकोच इटाली घुम्न पर्यटकलाई मानसिक तनाब हुने अनुमान गरिएको छ ।
युरोपमै कोरोनाभाइरसका कारण हटस्पटका रुपमा रहेको इटालीमा शुरुआती दिनहरुमा ठूलो संख्यामा मानिसको मृत्यु हुनुका साथै कोरोना संक्रमितको संख्या ठूलो थियो । हालसम्म इटालीमा ३३ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । कोरोनाभाइरस फैलन नदिने उपायस्वरुप इटालीले मार्च महिनाको शुरुआतदेखि नै लकडाउन जारी गरेको थियो । लकडाउन कडा पारिए पछि मात्र यहाँ कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको थियो ।
दोस्रो विश्यवयुद्ध पति पहिलोपटक अर्थतन्त्रमा मन्दीको अनुभव गरेको इटालीको अर्थतन्त्रमा सुधार ल्याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुनेछ, र यो जतिसक्दो चाँडो खुला गरिनु आवश्यक छ । तर अझै पनि इटालीमा दैनिक दर्जनौं व्यक्ति कोरोना संक्रमित भेटिएका छन्, खासगरी उत्तरी लोम्बार्डी क्षेत्रमा कोरोना संक्रमित देखिएका छन् । विज्ञहरुले इटालीले यात्रामा खुकुलो पार्न हतार गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय उडानहरु इटालीका मुख्यतः तीनवटा सहरहरु मिलान, रोम र नेपल्समा हुनेछ । तर कार, रेल र पानी जहाजबाट इटाली आउने मानिसहरु जहाँ पनि जान सक्नेछन् । स्विट्जरल्यान्डले आफ्ना नागरिकलाई इटालीको भ्रमण गरेर फर्किए आवश्यक स्वास्थ्य सकर्तता अपनाउन चेतावनी दिएको छ । स्वीट्जरल्यान्डले यही जुन १५ मा इटालीबाहेक जर्मनी, फ्रान्स र अस्ट्रियासँगको सीमा खोल्दै छ ।
अस्ट्रियाले पनि मध्य जुनदेखि इटाली बाहेकका जर्मनी, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीसँगको सीमा खोल्दै छ । इटालीमा लकडाउनले आर्थिक क्षेत्रमा सर्वाधिक प्रभाव पारेको अध्ययनहरुले देखाएका छन् । पर्यटन क्षेत्रको योगदान इटालीको अर्थतन्त्रमा १३ प्रतिशतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) रहेको छ । लकडाउनका कारण इटालीका ऐतिहासिक क्षेत्रहरु, रेस्टुराँ, होटल तथा अरु पर्यटकीय गतिविधिका क्षेत्रहरु बन्द गरिएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया