सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाले यही फागुन २४ गते बिहीबार मर्जर प्रक्रिया सम्पन्न गरी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
मर्जरका लागि यी संस्थाहरू एक बराबर ०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बनेको संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलोञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १४ मा रहेको छ । एकीकृत कारोबार सुरु भएसँगै यी लघुवित्तहरूको सेयर कारोबार फागुन २४ गतेको मितिबाट १५ दिनका लागि रोक्का भएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम सेयर कारोबार रोक्का भएको हो ।
एकीकृत कारोबारको लागि यी दुवै संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिस्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरको लागि यी दुवै संस्थाको २०८० असोज ३० गते सम्पन्न भएको विशेष साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया