Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको ‘पिंक डेबिट कार्ड’

सिद्धार्थ बैंकको ‘पिंक डेबिट कार्ड’


काठमाडौं  । सिद्धार्थ बैंकले महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंैकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरूलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।

महिला वर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको शून्य दशमलव १० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि योगदान गर्नेछ । यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अहम् भूमिका खेल्ने बैंकले विश्वास लिएको छ । यस कार्डको बारे विस्तृत जानकारीका लागि सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गर्न सक्ने छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर एक सय ९६ वटा शाखा (पाँच वटा एक्सटेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ सेवा र दुई सय २६ एटीएममार्फत उच्चस्तरीय एवम् प्रविधिमैत्री बंैकिङ सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैंभरिलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४ सै घण्टा गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया