सर्वोत्तमको आईपीओ बाँडफाँट : २६ जनाले पाए ५१ कित्ता, नौ लाख बढीको हात रित्तै
काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा १८ दशमलव २३ गुणा बढी आवेदन परेको थियो ।
पहिले नै कोटाको आरक्षित सेयर पाइसकेका, धेरै पटक आवेदन दिएकाहरूको आवेदन रद्द भएको क्यापिटलले जानकारी दिएको छ । रितपूर्वक भरिएका कुल नौ लाख ५८ हजार नौ सय ५९ आवेदकहरूमध्ये ५५ हजार पाँच सय २१ जनाले कम्पनीको आईपीओ पाएका छन् । उनीहरूमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएको क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलका अनुसार ५० कित्ताका दरले सेयर पाएकामध्ये ६० कित्ता वा सोभन्दा बढीका लागि आवेदन दिएकाहरूबाट गोलाप्रथा गर्दा २६ जनाले थप १–१ कित्ताका दरले आईपीओ पाएका हुन् । कम्पनीले कुल कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बाँडफाँट गरेको हो । सोही संख्याका लागि आवेदन माग गरिएको थियो । रितपूर्वक आवेदन दिएका नौ लाख तीन हजार चार सय ३८ जनाको हात रित्तो भएको कम्पनीको भनाइ छ । आईपीओको नतिजा केही घण्टापछि आईपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपीबाट हेर्न सकिनेछ । बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता तीन सय ६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई साधारण सेयर जारी गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया