नेपाली उत्पादनलाई बंगलादेश निर्यातमा सहजीकरण गर्न आग्रह
विराटनगर । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरूले नेपाली उत्पादनलाई बंगलादेश निर्यात रहेको कठिनाइलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । उद्योग संगठन मोरङले बंगलादेशका राजदूत सलाहउद्दीन नोमन चौधरीसँग गरेको छलफलमा उद्योगी व्यवसायीहरूले नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्याका बारेमा जानकारी गराएका थिए । छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि सहयोग गर्न आग्रह गरे । व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्द्धन र विकास, पर्यटनका क्षेत्रमा सहकार्य तथा साझेदारीको लागि दुई देश बीचका व्यावसायिक संस्था तथा औद्योगिक पक्षहरूसँग संस्थागत सम्बन्ध विस्तारमा सहजीकरण गरिदिन समेत उनले राजदूतसँग आग्रह गरे । यस्तै, संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन र्यालीबाट नेपाल र बंगलादेशका उद्योगीहरूबीच सम्बन्ध विस्तार हुने उनको विश्वास थियो ।
छलफलमा बंगलादेशका राजदूत सलाहउद्दीन नोमन चौधरीले निर्यातमा देखिएका समस्या समाधान लागि आफनो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, उनले नेपाल र बंगलादेशबीच धेरै क्षेत्रहरूमा सहकार्यको प्रचुर सम्भावना रहेको बताए । दुई मुलुकका औद्योगिक तथा व्यवसायीहरूबीचको सम्बन्ध विस्तारका लागि दूतावास निरन्तर सहजीकरण गर्न तत्पर रहेको उनको भनाइ थियो । राजदूत चौधरीले द्विपक्षीय व्यापारिक हितका लागि उद्योग संगठनले अन्तर्राष्ट्रियस्तरको र्याली आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्दै बंगलादेश दूतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा संगठनका पदाधिकारी र नेपालका लागि बंगलादेश दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बंगलादेश र नेपालबीचमा हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्द्धन र विकासका साथै पर्यटनका क्षेत्रमा सहकार्य तथा साझेदारीको लागि संगठनले बंगलादेशका राजदूत चौधरीसँग छलफल गरेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया