Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकलर ओएस७ को आधिकारिक भर्जन ओप्पो फोनमा उपलब्ध गरिने

कलर ओएस७ को आधिकारिक भर्जन ओप्पो फोनमा उपलब्ध गरिने


काठमाडौं, जेठ २२
ओप्पोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलरओएस७का लागि रोलआउट प्लानको घोषणा गरेको छ । अप्रिल महिनादेखि नै ओप्पोका प्रयोगकर्ताहरुले कलरओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिजलगायत थप उपकरणहरु (२० भन्दा बढी ओप्पोका स्मार्टफोन मोडल)मा पनि यो प्रयोगका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सन् २०१९को नोभेम्बरमा घोषणा गरिएदेखि नै कलरओएस सेवेनका लागि विश्वभर बाटै ओप्पोका प्रयोगकर्ताहरुले सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् । इन्फाइनाइट डिजाइन, तीव्र र स्मुथ पर्फरमेन्स, सुदृढ सुरक्षा र सोलुप, फोकस मोडलगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

रोलआउटका बारेमा बोल्दै, ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, ‘कलरओएसका लागि जिम्मेवार समुहले गुणस्तरिय मापदण्डप्रति सटिक ध्यान दिँदै, प्रयोगकर्ताका प्रतिक्रियाहरु लाई पनि निकै गम्भीरतापूर्वक प्राथमिकतामा राखेका छन् । आधिकारिक भर्जन रोलआउट गर्नुपूर्व हामीले ९२ हजार परीक्षकहरुमार्फत बग्सका बारेमा जानकारी र तिनका प्रतिक्रिया लिँदै हजारौँ ट्रायल भर्जनमा हजारौँपटक परिमार्जन गरेका छौँ ।’

विश्वभरका १ सय ४० देशमा कलरओएसका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने यो ८० भन्दा बढी भाषामा उपलब्ध गरिएको छ । आरएण्डडी समूहले कलरओएस सेवन ट्रायल भर्जनका प्रयोगकर्ताहरुद्वारा प्रेषित सल्लाह–सुझाव तथा प्रतिक्रियालाई विशेष प्राथमिकता दिँदै तिनले चाहेका फिचर्सहरुलाई आधिकारिक भर्जनमा समावेश गरिएको कम्पनीले जनाएको छ ।

ओप्पो फाइन्ड एक्स, फाइन्ड एक्स सुपरभोक इडिसन, फाइन्ड एक्स आटोमोलि ल्याम्बर्गिनी इडिसन, रेनो टेनएक्स जुम, रेनो, रेनो टू, रेनो टूएफ, आर१७ प्रो, एफ११ प्रो र एफ११मा कलरओएस सेवेनको आधिकारिक भर्जन अहिले नै उपलब्ध गराइसकिएको कम्पनीको भनाइ छ । अन्य ओप्पो स्मार्टफोन्सका लागि कलरओएस सेवेन अपडेट जुन र जुलाईमा गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जुन महिनामा एफ९, एफ९ प्रो, एफ सेभेन, एफ सेभेन१२८ जी, ए फाइभ २०२०, ए नाइन २०२० र जुलाई महिनामा ए९१ को आधिकारिक भर्जन उपलब्ध गराइने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x