महालक्ष्मी विकास बैंंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइटमार्फत प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्वीरहरूमार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरू समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बीजचित्र फोटोग्राफी प्रतियोगिता’मा सहभागी तस्वीरहरूमध्येका उत्कृष्ट बाह्र तस्वीरहरू समावेश गरिएको छ । मिति, तिथि, चाडपर्व, दिवसलगायतका विषयमा आफ्ना ग्राहकहरूलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरूले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइटमार्फत डाउनलोड गर्न सक्ने बताइएको छ ।
विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको यस बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया