ब्युटिपार्लर तथा सैलुन सञ्चालनमा ल्याउन दिन आग्रह
काठमाडौं, जेठ २२
सौन्दर्यकला व्यवसायी संघ, नेपालले ब्युटिपार्लर तथा सैलुन व्यवसाय सञ्चालनमा ल्याउन दिन सरकारसँग आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण सबै उद्योग, व्यापार तथा अन्य सम्पूर्ण व्यवसाय ठप्प हुँदा व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आएका व्यवसायी समस्यामा परेको संघकी अध्यक्ष कमला श्रेष्ठले बताइन् । रोगको भन्दा सटर भाडा कसरी तिर्ने, घर परिवार कसरी पाल्ने भन्ने चिन्ता व्यवसायीहरुमा पर्न थालेको उनको भनाइ छ । व्यवसाय सञ्चालन गरेर घर परिवार सञ्चालन गर्दै आएका साना व्यवसायीलाई सरकारबाट कुनै राहतको व्यवस्था नभएको भन्दै संघले स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न दिने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
संघकी अध्यक्ष कमला श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन लागू भएको पनि दुई महिना नाघिसकेको छ । कहिले खुल्ले एकीन छैन । लकडाउन हटे पनि कारोबार तथा व्यवसाय कसरी सञ्चालन गर्न सकिने हो कुनै मापदण्ड तयारी छैन ।’ लकडाउनबाट साना एवं मझौला व्यवसायीलगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म असहज बन्दै गएको यथार्थतालाई मनन गरी उद्योग व्यवसाय सञ्चालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसंग आग्रह गर्दै संघले सरकारले जारी गरेका सबै गाइडलाइनहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको पनि जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया