Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्रिन डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान

ग्रिन डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान


काठमाडौं  । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही चैत्र २७ गते आफ्नो १० औँ र ११ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सोअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको तीन दशमलव आठ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही चैत नौ गते सेयर दर्ता किताब बन्द हुनेछ । सोअनुसार यही चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया