Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसानो पाइलाद्वारा महिलालाई उद्यमी बनाउने परियोजनाको शुभारम्भ

सानो पाइलाद्वारा महिलालाई उद्यमी बनाउने परियोजनाको शुभारम्भ


काठमाडौं । सामुदायिक संस्था सानो पाइलाले महिलालाई उद्यमी बनाउने परियोजनाको शुभारम्भ गरेको छ । स्कुल अफ वुमेन्स इन्टरप्रिनरसिप नामक परियोजनाको शुभारम्भ पूर्वउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, प्रतिनिधिसभा सदस्यद्वय अजय चौरसिया र मनीष झा, प्रदेश सभा सदस्य श्याम पटेललगायतको उपस्थितिमा गरिएको हो ।

सशक्त समुदायको निर्माणका लागि सानो पाइलाले इट्टा थप्ने काम गरेको पूर्वमन्त्री रिजालले बताए । एकल महिला तथा हिंसामा परेका महिला र विपन्न महिलालाई सिप सिकाएर स्वरोजगार बनाउने कार्यको सह्राना गर्दै उनले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे । यस्तै, प्रतिनिधि सभा सदस्य अजय चौरसियाले महिला सशक्तीकरणका लागि सिप अनिवार्य भएको बताए । सिप सिकेर आत्मनिर्भर बनेमा स्वतः आत्मविश्वास वृद्धि हुने उनको धारणा छ । अधिकांश तालिम बजेट सकाउने उद्देश्यले सञ्चालन हुने गरेको भए पनि सानो पाइलाले सञ्चालन गर्ने परियोजना वास्तवमै प्रभावकारी हुने गरेको प्रतिनिधिसभा सदस्य मनीष झाले बताए । उनले भने, ‘सानो पाइलाले तालिम मात्रै दिँदैन, स्रोतको व्यवस्थापन गर्छ र रोजगारी समेत प्रदान गर्छ । वास्तवमै अहिलेको समयमा यस्तै तालिमको खाँचो छ ।’

सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले समुन्नत समाज निर्माणमा टेवा पुर्याउने हेतुले परियोजना सञ्चालन गरिएको बताए । यस परियोजनामा महिलालाई विभिन्न सिप सिकाइनेछ । जसअन्तर्गत पर्साको पटेर्वा सुगौली गाउँपालिकामा तीन महिनासम्म आवासीय हस्तकला सामग्री उत्पादनसम्बन्धी तालिम दिइनेछ भने ललितपुरमा कास्य परियोजनाअन्तर्गत गरगहना बनाउने तालिम सञ्चालन हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया