Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकर विवरण एवं कर रकम बुझाउने समय असोज मसान्तसम्म थप्न माग

कर विवरण एवं कर रकम बुझाउने समय असोज मसान्तसम्म थप्न माग


काठमाडौं, जेठ २२
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कर विवरण एवं कर रकम बुझाउने समय असोज मसान्तसम्म थप्न सरकारसँग माग गरेको छ । नाडाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण लामो समयदेखि सबै किसिमका आर्थिक कारोबार मात्र थप नभई उत्पादन र वितरणलगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द रहेको अवस्थामा सरकारले तोकेको समयमा कर बुझाउन नसकिने जनाएको छ । नाडामा महासचिव सुनिल रिजालले एक विज्ञप्ति जारी गर्दै व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठिन भएको मौखिक रुपमा जानकारी दिँदै आएकोले व्यवसायीहरुको जायज र न्यायोचित मागलाई सम्बोधन गर्ने गरी आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद असोज मसान्तसम्म थप गर्न सरकारसँग आग्रह गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x