आर्थिककर्मी बस्नेत सम्मानित
दोलखा । बैतेश्वर गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास समितिले आर्थिक दैनिकका दोलखाका संवाददाता सुवास बस्नेतलाई सम्मान गरेको छ । बैतेश्वर गाउँपालिकाको आयोजनामा भएको दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको सोमबार समापन कार्यक्रममा बस्नेतलाई सम्मान गरिएको हो ।
समितिले समाचार सम्प्रेषण तथा प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले बस्नेतलाई सम्मान गरिएको जनाएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले बस्नेतलाई सम्मान पत्र प्रदान गरेका थिए । शनिबारदेखि सुरु भएको बैतेश्वर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको सोमबार समापन गरिएको हो । प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले जितेको छ । जिरीले मेलुङ गाउँपालिकालाई हराउँदै उपाधि जितेको हो ।
उपाधि विजेता जिरीले नगद एक लाख ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मेलुङले एक लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी तृतीय भएको कालिञ्चोक गाउँपालिकाले ६७ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ । गौरीशंकर गाउँपालिकाले सान्त्वना स्थान हासिल गर्दै नगद २७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । विजेता टिमलाई सांसद भण्डारीले पुरस्कार प्रदान गरेका थिए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
- एनसेलमा भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया