ग्रिल तथा स्टिल व्यवसायी महासंघको महिला उपसमिति गठन
काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासंघले विष्णुमाया उचहीको नेतृत्वमा महिला उपसमिति गठन गरेको छ । महासंघअन्तर्गत रहेको महिला उप–समितिको हालै राजधानीमा सम्पन्न राष्ट्रिय भेला तथा प्रथम अधिवेशनले उचहीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
उप–समितिको उपाध्यक्षमा देवी कार्की, सचिवमा शर्मिला कार्की(रिमाल), कोषाध्यक्षमा सरिता प्रधान चयन भएका छन् । यसैगरी सदस्यहरूमा सम्झना सिलवाल, सिर्जना भट्टराई, प्रभा घिमिरे, तारा बुढाथोकी, गीता खम्चा सर्वसहमतरूपले निर्वाचित भएका हुन् । उपसमिति अध्यक्ष उचहीले आफ्नो नेतृत्वमा महासंघमा आबद्ध महिला सदस्यहरूलाई नयाँ आयामबाट माथि उठाउन प्रतिबद्ध भएर लाग्ने बताइन् । महिला उप–समितिको भेलाको उद्घाटन समारोहमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरू आर्थिकरूपमा सबल भएमात्रै देशको अर्थतन्त्र सबल हुने बताइन् । यस्तै, महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले लघु, घरेलु तथा साना उद्योग सञ्चालन र प्रवद्र्धनमा महिलाको उच्च भूमिका रहने बताएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया