Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाना तथा मझौला उद्योगी व्यवसायी ‘लकडाउन’को विरोध गर्दै सडकमा

साना तथा मझौला उद्योगी व्यवसायी ‘लकडाउन’को विरोध गर्दै सडकमा


विराटनगर,जेठ २३
आगामी जेठ ३२ गतेसम्म लकडाउन लम्बियाउने सरकारको निर्णय विरुद्ध विराटनगरका साना तथा मझौला उद्योगी व्यापारी विरोधमा उत्रिएका छन् । गत चैत्र ११ गतेदेखि लकडाउन हुँदा पनि कोरोना रोकथामका लागि सरकारले खासै प्रभावकारी कदम नचाली लकडाउन मात्र थप्ने निर्णयबाट साना तथा मझौला उद्योगी एवं व्यवसायी मारमा परेको भन्दै परिवर्तनका लागि आवाजको व्यानरमा विराटनगरको बजारका साना तथा मझौला उद्योगी एवं व्यवसायीहरू सडममा उत्रिएका हुन् ।

उनीहरूले दैनिक घरभाडादेखि कर्मचारी खर्च र अहिले आएर राजस्व बुझाउन सरकारले ताकेदा गरेपछि बाध्य भएर सडकमै उत्रिनुपरेको कुरा सहभागी व्यवसायीहरूले बताएका छन् । हालसम्म गरिएको कोरोना परिक्षणको संख्या समेत अत्यन्त न्यून भएको उनीहरूको भनाइ छ ।

सामाजिक दूरी कायम गर्दै सरकारको निर्देशनअनुसार स्वास्थ्य सामग्रीको प्रयोग गरेर व्यवसाय सञ्चालन गर्ने अवस्था निर्माण गर्न जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएको उनीहरूको भनाइ छ ।

पछिल्लो समय सरकारको निर्देशनको पालना गर्न नसकिने भन्दै प्रदेश १ बाट विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध व्यक्ति तथा संघ संस्थाले जेठ २१ बाट लकडाउनको अवज्ञा गर्ने चेतावनी समेत दिइसकेका थिए । कतिपय संगठनहरूले संस्थागत निर्णय नै गरी जेठ २१ गतेबाट लकडाउन अवज्ञा गर्ने घोषणा गरिसकेका थिए ।

तर, उद्योगी तथा व्यवसायीको अधिकारको संरक्षण गर्ने दायित्व बोकेको मोरङ व्यापार संघ र उद्योग संगठन यो विषम परिस्तिथिमा समेत मौन बसेपछि परिवर्तनका लागि आवाज भन्ने व्यवसायी ग्रुप निर्माण गरी अब सडक संघर्षबाट लकडाउन उलंघन गर्दै व्यवसाय सञ्चालन गर्ने योजना रहेको जानकारी पनि सहभागीले दिएका छन् ।

करिब पाँच सयको संख्यामा विराटनगर बजारको सडकमा उत्रिएका साना तथा मझौला उद्योगी व्यवसायीले प्रशासनलाई जानकारी गराएरै लकडाउन उलंघनमा जान आफूहरू बाध्य भएको बताए ।

व्यवसायीको एक्यबद्धता कारण बिहीबारदेखि विराटनगरका साना तथा मझौला व्यावसायिक प्रतिष्ठान समेत दिउँसो १२ बजेसम्म निर्वाध सञ्चालनमा आएका छन् । लामो समयदेखि भएको लकडाउनको कारण व्यापारीको व्ययभार अत्यधिक बढेको भन्दै अब पसल बन्द गर्न नसकिने साना तथा मझौला व्यवसायीले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x