Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराहतको खाद्यान्नमा पनि घोटाला

राहतको खाद्यान्नमा पनि घोटाला


बैतडी,जेठ २३
बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकामा कारोनाको माहामारी पीडितहरूका लागि खरिद गरिएको खाद्यान्न सामग्रीमा चरम भष्ट्राचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खाद्यान्न वितरणमा कमिसनको खेल भएको तथ्य बाहिर आएपछि सोही गाउँपलिका– ७ का जयराज जोशीले अख्तियारमा उजुरी दिएका हुन् ।

गाउँपालिकाकै कार्यकारी अधिकृत महेश भट्ट र प्रमुख उपेन्द्रबहादुर बोहोराको मिलेमतोमा खाद्यान्नलगायत अन्य सामग्री खरिद गर्दा घोटाला भएको जोशीले बताए । ५० हजार केजी चामल, चार हजार केजी दाल, चार हजार केजी आयोडिन नुन र दुई हजार लिटर खाने तेलको लागि टेण्डर आह्वान भएको थियो । सो टेण्डर प्रक्रियामा विभिन्न प्रपञ्च रच्दै ४२ सय क्वीन्टल पर्ने चामलको मूल्य ५१ सय पर्ने गरी टेण्डर पास गरेको जोशीको भनाइ छ ।

सबै समग्रीका लागि एकमुस्ट गरिएको टेण्डरमा विभिन्न सप्लायर्सहरूले आवेदनसहित टेण्डर फर्म हालेका भए पनि कम मूल्य कबोल गर्नेसँग सामान खरिद नगरी रातारात पुनः अर्को टेण्डर गरी सामान किन्ने काम गरिएको छ ।

३२ लाख सात हजार कवोल गरेको राज श्री फुड इन्टरसटेज प्रालि कैलालीबाट अध्यक्ष र प्रशासकीय प्रमुखले कमिसन माग गरेपछि कमिसन दिन नसक्दा उक्त टेण्डर रद्द गरेर अर्को टेण्डर आह्वान गरिएको हो ।

आफ्नो नजिक र सहज कमिसन लिन सहज हुने व्यापारिक फर्महरूको समाबेस गरी सोही डेण्डरलाई ३७ लाख पु¥याई खाद्यान्न खरिद गरिएको छ । यो प्रक्रिया सोझै सार्वजनिक खरिद ऐन विपरीत भएको जोशीले बताए । यसरी राहातको खाद्यान्न खरिदमा रातारात अर्को टेण्डर निकालेर सोझै देखिने गरी चार लाख ७० हजार भष्ट्राचार गरिएको जोशीले जानकारी दिए ।

राहातको नाममा वितरण गरिएको खाद्यान्न पनि गुणस्तरहीन रहेको र दाल पनि ३ केजीका दरले मात्र वितरण गरिएको उनले बताए । अर्का स्थानीय बिरेन्द्र धामीले पनि ४२ रूपैयाँको चामल को टेण्डर राता रात रद्द गरी ५५ प्रतिकिलो पर्ने चामल खरिद गरिएको भनिए पनि सो चामल गुणस्तहिन र भुस मात्र भएको बताए । गाउँपालिकाले नै स्थानीय सर्वसाधारणहरूका आँखामा छारो हाल्ने काम गरेको उनको भनाइ छ । यो विषयको जानकारी लिखित रूपमा प्रमुख जिल्ला अधिकारीलाई समेत गराइएको अर्का स्थानीय कर्णबहादुर भण्डारीले बताएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x