Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बर अध्यक्षको संयोजकत्वमा महायज्ञ

स्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बर अध्यक्षको संयोजकत्वमा महायज्ञ


काठमाडौं । स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको पहुँच पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ । सामाजिक उत्तरदायित्वअन्र्तगत विपन्न वर्गलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले महायज्ञमार्फत राहत संकलन गर्न लागिएको हो ।

पशुपति क्षेत्रमा बिहीबारदेखी बुधबारसम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा प्रसिद्ध धर्माचार्य आचार्य श्री चैतन्य कृष्णद्वारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए । महायज्ञबाट उठेको रकमबाट विपन्न वर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया