टिकटक नियन्त्रण गर्दै अमेरिका
बेइजिङ । अमेरिकाले चिनियाँ छोटो भिडियो एप ‘टिकटक’ प्रतिबन्धसम्बन्धी एक विधेयक संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’बाट पारित गरेको छ । विधेयकमा टिकटकले आफ्नो मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने वा राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने व्यववस्था रहेको बताइएको छ ।
तल्लो सदनका सभामुख माइक जोनसनले विधेयक पारित भएपछि संसद्भित्रका दलहरुबीचको एकताले चीनले अमेरिकीमाथि जासुसी गर्ने र छलछाम गर्ने प्रयासको विरोध गरेको बताएका छन् । यो विधेयक सिनेटबाट अनुमोदन हुन भने अझै बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त विधेयक संसद्बाट पारित भएर आए आफू हस्ताक्षर गर्न तयार भएको बताइसकेका छन् ।
अमेरिकाले टिकटकलाई लक्षित गर्दै विधेयक ल्याएपछि चीनले नियन्त्रण रोक्न आग्रह गरेको छ । अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने चीनको आग्रह छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया