Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाहेकका कारणबाट विदेशमा मृत्यु भएकाको मात्र शव स्वदेश ल्याइने

कोरोनाबाहेकका कारणबाट विदेशमा मृत्यु भएकाको मात्र शव स्वदेश ल्याइने


काठमाडौं, जेठ २५
सरकारले विदेशमा मृत्यु भएका नागरिकको शव ल्याउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा गई मृत्यु भएका नागरिकहरुको शव स्वदेश ल्याउने जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको हकमा भने तत्काल शव नल्याउने बताइएको छ ।

मन्त्रालयको अनौपचारिक स्रोतबाट प्राप्त जानकारीअनुसार कोरोनाका कारण विभिन्न मुलुकमा गरी २३ जनाको मृत्यु भएको छ । यसरी कोरोनाको कारण ज्यान गुमाउनेहरुमध्ये कतारमा चार, साउदी र यूएईमा क्रमशः नौ÷नौ जना र सेसेल्स, टर्की, अ‍ेमिरका, बंगलादेश, थाइल्याण्डलगायतका ११ मुलुकमा नौ जना नेपालीले ज्यान गुमाएका छन् ।

यस्तै कोरोना भाइरस फैलिनुअघि नै विदेशमा मृत्यु भएका शव हालसम्म ल्याउन नसकेकोमा सरकारको पछिल्लो निर्णयसँग मृतकका परिवारलाई राहत मिलेको छ । सरकारले शुक्रबार नै एउटा शव ल्याएको छ । यूएईमा रहेका नेपालीलाई स्वदेश फर्काउने क्रममा शुक्रबार एयर अरेयिबा विमान प्रयोग गरिएको थियो भने सोही विमानमार्फत एउटा शव स्वदेश ल्याइएको छ ।

बोर्डका अनुसार योसँगै विदेशमा ज्यान गुमाएका एकसय ५३ जनाको शव स्वदेश ल्याइने भएको छ । जसमध्ये मलेसियामा ४७, साउदीमा ४५, कतारमा २७, यूएईमा १३, कुवेतमा ११, बहराइनमा पाँच, ओमनमा एक र अन्यमा ४ शव ल्याउन बाँकी रहेको छ । यस्तै अमेरिकामा दुई, सेसेल्स, टर्की, बंगलादेश, थाइल्याण्ड, कम्बोडिया, साइप्रस, जोर्डन, जापान लगायतका मुलुकबाट समेत शव ल्याउनुपर्नेछ । विदेशमा मृत्यु भएकाको हकमा मुलुकमा लकडाउन भएसँगै अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव ल्याउन समस्या भएसँगै बोर्डले सम्बन्धित मुलुकमै अन्त्येष्टिका लागि पहल गरेको थियो ।

यस्तै कोरोना भाइरस फैलिनुअघि र पछि गरी विदेशमा दुई सय ३८ जना नेपालीले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ जसमध्ये १२ जना महिला र दुई सय २६ जना पुरुष रहेका छन् ।

मलेसिया, खाडी, दक्षिण कोरिया, जापान, अमेरिकालगायतका १९ वटा मुलुकमा रहेका नेपालीहरुमध्ये सो संख्यामा मृत्यु भएको बोर्डका निर्देशक राजन प्रसाद श्रेष्ठले बताए । बोर्डका अनुसार साउदीमा एक महिला र ५७ पुरुष, कतारमा एक महिला र ३६ पुरुष, युएइमा ४ महिला र ५१ पुरुष, कुवेतमा पाँच महिला र ५१ पुरुषको मृत्यु भएको छ भने मलेसियामा ५२ पुरुष, बहराइनमा ७ पुरुष, ओमानमा एक पुरुष र दक्षिण कोरियामा पाँच पुरुषको मृत्यु भएको छ ।
यस्तै अमेरिकामा दुई, सेसेल्स, टर्की, बंगलादेश, थाइल्याण्ड, कम्बोडिया, साइप्रस, जोर्डन, जापान, इराक र मंगोलियामा क्रमशः एक/एक जनाको मृत्यु भएको छ ।

लकडाउनसँगै अन्तर्राष्ट्रिय उडान बन्द हुँदा शव ल्याउन समस्या भएसँगै बोर्डले सम्बन्धित मुलुकमै अन्त्येष्टिका लागि मृतक कामदारको परिवारबाट सहमति माग गरेको थियो । सहमति प्राप्त भएसँगै सम्बन्धित मुलुकमै दाहसंस्कार गरिएको थियो ।

यसरी मृतक कामदारको परिवारबाट सहमति माग गरी विदेशमै ८५ जनाको अन्त्येष्टि गरिएको बोर्डले जनाएको छ । जसमध्ये बहराइनमा दुई, दक्षिण कोरिया र मलेसियामा क्रमश पाँच, साउदीमा १३, कतारमा १० र यूएईमा ४२ जनाको शव अन्त्येष्टि गरिएको हो । बोर्डले पछिल्लो समय मृतक कामदारको सम्बन्धित मुलुकमा नै अन्त्येष्टिका लागि परिवारबाट सहमति प्राप्त हुने क्रम जारी रहेको जनाएको छ ।

उडानको बुकिङ नखोल्न अन्तर्राष्ट्रिय विमान कम्पनीलाई निर्देशन : काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडान नखुलिसकेको बताउँदै अन्तर्राष्ट्रिय एयरलाइनहरुलाई कुनै पनि किसिमको टिकट बुकिङ नखोल्न सूचना जारी गरेको छ ।

प्राधिकरणले शनिबार विज्ञप्तिमार्फत केही अन्तर्राष्ट्रिय एयरलाइनहरुले बुकिङ खोल्नथालेको सूचना आएको भन्दै सूचना जारी गरेको हो । ‘नागरिकलाई स्वदेश फर्काउनेबाहेक नेपालले सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान निलम्बन गरेको सबैलाई थाहै छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्वदेश फर्काउने उडानको पनि कूटनैतिक प्रक्रिया छ ।’ सोही कारण नेपाल आउने गरी कुनै पनि किसिमको टिकट बुकिङ नगर्न प्राधिकरणले भनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x