Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखुम्बुमा क्वारेन्टाइन र आइसोलेसन थपिने

सोलुखुम्बुमा क्वारेन्टाइन र आइसोलेसन थपिने


महेन्द्र शाही
सोलुखुम्बु, जेठ २५
सोलुखुम्बुका विभिन्न स्थानमा क्वारेन्टाइन तथा आइसोलेसन कक्षको संख्या वृद्धि गरिने भएको छ । भारतसहित तेस्रो मुलकबाट आउने नागरिकलाई लक्षित गरी क्वारेन्टाइन तथा आइसोलेसन कक्षको संख्या वृद्धि गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी रमा आचार्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले सम्पूर्ण स्थानीय तहलाई अनुरोध गरी थप व्यावस्थापन गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगारीबाट आएकाहरूलाई क्वारेन्टाइन व्यवस्थापनसम्बन्धी सम्पूर्ण नीति नियम पालनाका लागि अनिवार्य कबुलियतनामा गराउने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिइन् । यस्तै कोरोनाका कारण निधन भएका व्यक्तिको शव व्यवस्थापन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिबमोजिम गर्ने र सोको लागि आवश्यक पर्ने पीपीई, शव वाहन, एम्बुलेन्स, डोजरलगायतको सामग्री व्यवस्थापन समेत सम्बन्धित स्थानीय तहले गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीरकुमार राईले जानकारी दिए ।

अहिले रहेका क्वारेन्टाइन र आइसोलेसन अपुग हुने भएकाले थप गर्ने निर्णय गरिएको राईको भनाइ छ । सोलुखुम्बु जिल्लामा अहिले दुई सय ५६ बेडको क्वारेन्टाइन र २९ बेडको आइसोलेसन वार्ड रहेको छ । संक्रमितको संख्या बढेमा यो अपुग हुन्छ । विदेशमा रहेका तर नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउन तीव्र दबाब परेपछि पछिल्लो समय सरकारले उनीहरूलाई नेपाल फर्काउनका लागि तयारी थालेको छ । जसले गर्दा अहिले भएको भौतिक पूर्वाधारले त्यसलाई थग्न नसक्ने देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x