नेपालमा आयोजना व्यवस्थापनको आवश्यकता तथा महत्व
काठमाडौं । आयोजना भन्नाले त्यस्तो सुनियोजित कार्यपद्धतिलाई जनाउँछ, जुन कार्यपद्धति कुनै निश्चित उद्देश्य प्राप्त गर्ने उद्देश्यले अपनाइएको हुन्छ । आयोजनाको तर्जुमा कुनै वस्तु वा सेवा उत्पादन गर्ने अथवा कुनै निश्चित रचनात्मक कार्य गर्ने उद्देश्यले गरिन्छ । आयोजनाको तर्जुमा गर्दा सम्बन्धित कार्य सम्पादन गर्नका लागि चाहिने निश्चित स्रोत र साधन, कार्य सम्पादन गर्नका लागि चाहिने लागतको अनुमान र कार्य सम्पादन गर्नुपर्ने निश्चित समय निर्धारित गरिन्छ । यसर्थ, आयोजना त्यस्तो कार्यशैली हो जसको अधिनमा रही कुनै निश्चित कार्य निश्चित समयभित्र निश्चित प्रक्रियाद्वारा निश्चित स्रोत र साधनको प्रयोगद्वारा सम्पादन गरिन्छ । आयोजना स्वयम्मा कुनै कार्य होइन, कार्यशैली मात्र हो । अर्को शब्दमा, कुनै निश्चित उद्देश्य प्राप्त गर्नका लागि गर्नुपर्ने कार्यको लागि उपयोग गरिने र साधन, कार्यप्रणाली, कार्य पूरा गर्ने अवधि आदिको पूर्वनिर्धारित प्रारूप नै आयोजना हो । कुनै पनि विकासका क्रियाकलापहरूलाई सफलताको मार्गमा लम्काउनका लागि आवश्यक तयारी, समन्वय र प्रक्रिया एवम् वैज्ञानिक योजनाको आवश्यकता पर्छ । जुन कुराको प्रत्याभूति व्यवस्थित आयोजनाबाट मात्र प्राप्त गर्न सकिन्छ । त्यसैले विकासका कुनै पनि क्रियाकलाप सञ्चालन गर्दा अर्थात् कार्यक्रमहरूको सफलता पहिचान गर्न वा तिनीहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न आयोजनाको खाँचो पर्छ । आयोजनाले सर्वप्रथम विकासका क्रियाकलापहरूको सम्भाव्यता अध्ययन गर्न सहयोग पु¥याउँछ । अनि सम्भाव्य आयोजनाको व्यवस्थित तयारी र कार्यान्वयनमा जोड दिन्छ । सामान्यतया कुनै निश्चित उद्देश्य वा कार्य सम्पन्न गर्नका निम्ति तोकिएका समय, स्रोत र लागतमा गुणस्तरीय वस्तु उत्पादन गर्ने कार्यपद्धति नै आयोजना हो ।
आयोजना भनेको कुनै निश्चित उद्देश्य हासिल गर्नका लागि एकपटकको कार्य एवम् क्रियाकलाप वा प्रयास होइन, बरु विभिन्न वा विविध क्रियाकलापहरूको कुनै निश्चित उद्देश्य प्राप्त गर्न एकीकृत प्रयास हो । विकास प्रशासनको अवधारणाले आयोजनागत विकास प्रयासको वकालत गर्छ । आयोजनालाई कटिङ एज अफ डेभलपमेन्ट समेत भनिन्छ । राष्ट्रिय योजना आयोगकै परिभाषाअनुसार विकास कार्यक्रमअन्तर्गत कुनै भौगोलिक क्षेत्र वा कार्य क्षेत्रमा निश्चित अवधि र लगानी रकम तोकी पूर्वनिर्धारित उद्देश्यको निम्ति तयार गरिएको व्यवस्थालाई प्रोजेक्ट भनिन्छ ।
समष्टिरूपमा हेर्दा योजनालाई बृहत्रूपमा हेरिन्छ भने आयोजनालाई सूक्ष्मको रूपमा हेरिन्छ । आयोजना निरन्तर जारी रहने क्रिया होइन । निश्चित अवधिभित्र यसको कार्य समाप्त हुनुपर्छ । वास्तवमा आयोजना निश्चित कुराहरूलाई निश्चित उद्देश्य र लक्ष्यको सीमाभित्र आबद्ध गरी निश्चित समयको अन्तरालमा तोकिएको स्रोत र साधनको सीमाभित्र आबद्ध गरी कुनै कार्य सम्पन्न गर्ने व्यवस्था हो । आयोजना सामान्यतया अल्पकालीन अवधिको हुन्छ । आयोजना भन्नाले यसले कुनै उद्देश्य वा उद्देश्यहरू प्राप्त गर्नका लागि गरिने कार्यक्रमलाई जनाउँछ । कुनै निश्चित उद्देश्य हुनुका साथै यसको सुरुवात तथा अन्तको किटान भएको हुन्छ । यसको अतिरिक्त आयोजनाको सञ्चालन कुन स्थानमा हुने तथा यसबाट कसलाई के–कति फाइदा हुने हो सोबारे केही निधो हुनु आवश्यक हुन्छ । यो निरन्तर जारी रहने क्रिया होइन । निश्चित अवधिभित्र यसको समाप्ति हुनुपर्छ । आयोजना निश्चित समयको अन्तरालमा तोकिएको स्रोत र साधनको संयोजनबाट सम्पन्न गर्ने व्यवस्था हो । वस्तुतः यो पटकीय, प्रारम्भ र अन्त्य सुनिश्चित गर्ने कार्य व्यवस्था हो ।
आयोजना चक्रका चरणहरुमा आयोजना तर्जुमाअन्तर्गत एउटा सफल आयोजना तयारी गर्दा विभिन्न अन्तरसम्बन्धित पक्षहरूको गहन र सूक्ष्मरूपमा विश्लेषण गर्नुपर्छ । आयोजना/योजना तथा कार्यान्वयनमा हरेक पक्षहरूको समान महत्व दिने हुँदा आयोजना विश्लेषकले प्रत्येक पक्षलाई सूक्ष्म गहन जिम्मेवारीपूर्ण संयमित, व्यवस्थित प्रभावकारी ढंगले विश्लेषण गर्नु नित्तान्त आवश्यक पर्छ । सफल आयोजनामा प्राविधिक पक्षको महत्वपूर्ण भूमिका हुन्छ । प्राविधिक पक्षमा निम्न कुराहरू समावेश भएका हुन्छन् । दोस्रोमा आयोजना कार्यान्वयनअन्तर्गत सामान्य अर्थमा आयोजना कार्यान्वयन भन्नाले कुनै पनि आयोजनालाई कार्यरूप दिई जुन प्रयोजनका लागि आयोजना प्रतिपादन भएको हो उक्त प्रयोजन वा उद्देश्य हासिल गर्नु हो । विशेषतः आयोजना व्यवस्थापनको यो चरण सर्वाधिक महत्व राख्छ । यसै हुँदा कार्यान्वयनको प्रभावकारिताको लागि आयोजना नियोजन गरिन्छ र यही नियोजनको आधारमा विभिन्न माध्यम र प्रक्रिया अपनाई आयोजना कार्यान्वयन गरिन्छ । आयोजनाको सफल कार्यान्वयन भन्नु यसका सम्पूर्ण क्रियाकलाप कार्यतालिका अनुरूप, बजेटको सीमाभित्र रही अपेक्षित लक्ष्य हासिल गर्ने गरी सम्पन्न हुनु हो । विशेषतः आयोजना कार्यान्वयनका विभिन्न चरण हुन्छन् र यी विभिन्न चरणहरूमा बेग्लाबेग्लै कार्यशैली एवम् कार्यविधिहरू अपनाउनुपर्ने हुन्छ ।
तेस्रोमा आयोजना अनुगमनअन्तर्गत आयोजनाका विभिन्न पक्ष वा चरणमध्ये अनुगमन तथा मूल्याङ्कन पनि एक हो । आयोजनाको कार्य सम्पादन कुन तहमा हुन्छ भनी त्यसलाई सुधार गर्नका निम्ति अनुगमन तथा मूल्याङ्कनको स्पष्ट व्यवस्था गर्नुपर्छ । आयोजना अनुगमन तथा मूल्याङ्कनले आयोजनाका गल्ती सच्चाउन उल्लेखनीय भूमिका खेल्छ । यो आयोजना सुधारको भरपर्दो साधन हो । त्यसैले आयोजनामा स्पष्ट व्यवस्था गरिएको हुनुपर्छ ।
चौथोमा आयोजना मूल्याङ्कनअन्तर्गत मूल्याङ्कन दुई प्रकारका हुन्छन् । विशेषतः आयोजनाका दुई महत्वपूर्ण चरणहरूमा कार्यान्वयनपूर्वको चरण र कार्यान्वयन समाप्तिको चरण । यसमध्ये कार्यान्वयनपूर्वको चरणको मूल्याङ्कनलाई प्रोजेक्ट एप्राइजल भनिन्छ र कार्यान्वयन समाप्तिको चरणको मूल्याङ्कन भनिन्छ । यी दुवै किसिमका मूल्याङ्कन विशेष महत्वपूर्ण छन् । खासगरी प्रोजेक्ट एप्राइजल आयोजनाको सर्वपक्षीय उपयुक्तता सम्बन्धमा आश्वस्त हुन र कार्यान्वयनसम्बन्धी निर्णय गर्ने प्रयोजनको निमित्त गरिन्छ । यो एउटा महत्वपूर्ण व्यवस्थापकीय औजार हो र यसैको माध्यमबाट व्यवस्थापनले आयोजनाको विशेष पक्ष एवम् महत्वपूर्ण क्षेत्रहरूमा मध्यनजर राख्ने र आयोजनाको सम्पादन निर्धारित लक्ष्यअनुसार भएनभएको बारेमा आश्वस्त हुन सक्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया