Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यवसाय सञ्चालन गर्न दिन ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको माग

व्यवसाय सञ्चालन गर्न दिन ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको माग


काठमाडौं, जेठ २५
नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघले लकडाउनलाई खुकुलो बनाई व्यापार व्यवसाय सञ्चालन गर्न दिने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । संघका महासचिव चक्रमणि देवकोटाले एक विज्ञप्ति जारी गर्दै लकडाउनका कारण उद्योग व्यवसाय बन्दा हुँदा संघमा आबद्ध उद्यमी, यसका कर्मचारीहरु, कामदारहरु ठूलो मर्कामा परिरहेको बताएका छन् ।

लकडाउन मात्रै कोरोना नियन्त्रणको उपाय नभएको भन्दै संघले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन, व्यवस्थित क्वारेन्टाइन बनाई अन्य मुलुकबाट भित्रिएका नागरिकको तत्काल पीसीआर टेष्ट गर्न सरकारसँग आग्रह समेत गरेको छ ।

भारतबाट अन्यत्रित रुपमा भित्रिएको नेपालीको स्वास्थ्य परिक्षण हुन नसक्नु र क्वारेन्टाइन स्थलहरु अव्यवस्थित र लापरवाहीले गर्दा नेपालमा कोरोना बढेको संघले जनाएको छ । जबसम्म क्वारेन्टाइनको उचित व्यवस्थापन, जनमानसमा स्वस्थ्यसम्बन्धी सचेतना र भारतबाट स्वदेश फर्किएका नागरिकहरुको राम्रो चेकजाँच हुँदैन, तबसम्म लकडाउनले मात्रै महामारी निर्मूल पार्न नसकिने संघको भनाइ छ ।

कमजोर अर्थतन्त्र भएको मुलुकले लामो समय लकडाउन धान्न नसक्ने भन्दै संघले अन्य विकल्प अपनाउँदै स्वास्थ्य सुरक्षा अपनाएर आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतहरुमध्ये ऊनी फेल्ट व्यवसायीको पनि ठूलो योगदान रहेको संघले जनाएको छ । नेपालबाट वार्षिक तीन अर्बभन्दा बढी निर्यात हुने हस्तकलाजन्य वस्तुहरुमध्ये प्रथम स्थान लिएको ऊनी जन्य फेल्ट वस्तु उत्पादन गर्ने उद्योगहरुले २० हजारभन्दा बढी कामदारहरुलाई रोजगारी दिइरहेको संघको भनाइ छ ।

विगत तीन महिनादेखि उद्योग धन्दा, निर्यात तथा विदेशी मुद्रा देशमा भित्रिने क्रम बन्द हुँदा यसमा आबद्ध कामदारहरुलाई दैनिक गुजारा गर्न धेरै कठिन भएको संघले जनाएको छ । साथै विदेशबाट प्राप्त गरेको अर्डर (माग) हरुलाई समयमा उत्पादन गरी निर्यात गरी गन्तव्य स्थानमा पु-याउन सकेन भने वर्षभरिको सबै परिश्रम खेर जाने, अर्डरहरु रद्द हुने, बैंकको सावा ब्याज तिर्न गाह्रो हुने, नेपाल सरकारलाई कर बुझाउन गाह्रो हुने, स्टाफलाई तलब दिन गाह्रो हुने, भएको बजार पनि गुम्दै जाने र नेपाली फेल्ट उद्यमी र राष्ट्रको विश्वसनीयतामा प्रश्न उठ्ने संघले जनाएको छ ।

बीसौं हजार मजदुरको भविष्यलाई ध्यानमा राखि उद्योगलाई सुचारु गर्न आवश्यक स्वास्थ्य सुरक्षाहरु अपनाई ग्रीन जोन र यल्लो जोनमा रहेका उद्योगहरुलाई सञ्चालन गर्न दिन संघको आग्रह छ । नेपाल सरकारबाट हालै जारी भएको बजेट भाषणमा निर्यातमूलक व्यवसायीहरुका लागि कुनै राम्रो प्याकेज नआएको, पुनर्कर्जाको व्यवस्था नभएको, नगद अनुदान प्राप्तिको सरलीकरण नभएको पनि संघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x