अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न कोशी प्रदेश र एनआरएनबीच सहकार्य
काठमाडौं । कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्ने भएको छ । नेपालमा उत्पादित चियालाई विश्व बजारमा व्यापक प्रचार–प्रसार गरी बिक्री वितरण र निकासीलाई प्रवर्द्धन गर्न कोशी प्रदेशले अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न लागेको हो ।
आगामी जुन २१ देखि २३ सम्म आयोजना हुने सम्मेलनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि सहयोग गर्ने भएको छ । संघले प्रदेश सरकारसँग सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइराला र गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । संघका अध्यक्ष डा केसीले सम्मेलनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग संघले उपलब्ध गराउने बताए । साथै संघले विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन चाहने चिया खरिद, बिक्रीकर्तालगायतलाई नेपाल आगमनका लागि सहज वातावरण बनाउन आवश्यक समन्वय गर्ने बताइएको छ ।
संघ र प्रदेश सरकारबीच भएको सहमतिपत्रमा नेपालमा उत्पादित चियालाई विश्व बजारमा परिचित गराउन बढीभन्दा बढी चियाको माग सिर्जना गरी उत्पादन, बिक्री वितरण र निकासीलाई समेत प्रवद्र्धन गर्नेलगायतमा विषयमा सहकार्य गर्ने उल्लेख गरिएको छ । यस्तै, आयोजित सम्मेलनमा प्राप्त भएका राय सुझाव तथा सम्बन्धित सरोकारवाला पक्षबाट प्राप्त प्रतिबद्धतालाई लिपिबद्ध गरी अभिलेखीकरण गर्ने कार्यमा प्रथम पक्षलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता संघले जनाएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया