एनआरएनएले लगानी शिखर सम्मेलनका लागि सरकारसँग सहकार्य गर्ने
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले लगानी शिखर सम्मेलनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच भएको छलफलमा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय भएको हो ।
छलफल गैरआवासीय नेपालीहरूको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा संघको सहकार्य र सहभागितामा केन्द्रित थियो । अध्यक्ष डा केसीले लगानीसम्बन्धी यस्ता सम्मेलन वर्षेनि आयोजना गर्नसके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने बताए । एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल संघले गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन परियोजना सञ्चालन गरिरहेको छ । यसलाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकाले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाइ थियो । लगानी बोर्डका प्रमुख सुशील भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरू तथा विदेशीहरूसँग समन्वय गरेर लगानी सम्मेलनमा प्रभावकारी सहभागिता जनाउन आग्रह गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया