नयाँ वर्षमा पोखरामा फेवा महोत्सव हुने
पोखरा । होटल संघ पोखरा नेपालले पोखरामा १९औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । महोत्सव यही चैत २९ देखि वैशाख १ सम्म आयोजना हुनेछ । आयोजकले महोत्सव तयारीलाई तीव्रता दिएको जनाएको छ । महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालैको बैठकमा विभिन्न २१ उपसमिति गठन गरेको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
उपसमितिका संयोजकलाई जिम्मेवारी बाँडफाँटका अतिरिक्त लेकसाइडका सडक नम्बरअनुसार एरिया संयोजकसमेत तोकिएको छ । संघका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी संघका महासचिव राजेन्द्र ढकालले पाएका छन् । संघका सबै पूर्वअध्यक्ष एवं सल्लाहकारले महोत्सवको अनुगमन गर्ने छन् । बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मकरूपमा लिएको छ । उक्त खुसीयाली तथा महोत्सवका अवसरमा संघअन्तर्गतका होटलले पाहुनालाई २० प्रतिशतसम्म छुट प्रदान गरेको आयोजक संघका अध्यक्ष एवं मूल संयोजक सुवेदीले बताए ।
नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई उल्लासपूर्णरूपमा मनाउने उद्देश्यसहित फिस्टेल गेटदेखि हल्लनचोकसम्म यो महोत्सव आयोजना हुनेछ । ड्यामसाइडमा समेत स्टल राखी विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने जनाइएको छ । अम्बोट र सेन्टर प्वाइन्टमा पनि स्टेज निर्माण गरी कार्यक्रम हुनेछन् । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया