Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा


काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ नयाँ भेरियन्टमा बजारमा उपलब्ध भएको छ । कम्पनीका अनुसार ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध गराइएको हो ।

आकर्षक मूल्यसहितको यस रियलमी नार्जाे एन ५३ को मूल्य १७ हजार नौ सय ९९ रुपैयाँ मात्रै रहेको कम्पनीले जनाएको छ । ५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि आठ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । पाँच हजार एमएएचको ब्याट्री रहेको यस स्र्माटफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । सात दशमलव ४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्येको एक रहेको दाबी गरेको छ भने यस स्र्माटफोनको लम्बाई एक सय ६७ दशमलव तीन एमएम, चौडाई ७६ दशमलव सात एमएम र तौल एक सय ८२ ग्राम रहेको छ ।

फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा तीन दशमलव पाँच एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ । युनिसक टाइगर टी ६१२ चिपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित छ दशमलव ७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र एक दशमलव आठ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया