Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेनेली मोटरसाइकलमा एक लाख रुपैयाँसम्मको छुट

बेनेली मोटरसाइकलमा एक लाख रुपैयाँसम्मको छुट


काठमाडौं । नेपालमा केटीएम इन्टरनेसनल ट्रेडिङ (प्रा.) लिले बेनेली बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको छुट दिने भएको छ । कम्पनीले नेपालीहरूको नयाँ वर्ष २०८१ का लागि विशेष फाइनान्स योजनाअन्तर्गत सो योजना ल्याएको हो ।

योजनाअन्तर्गत एक सय ८० सीसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य ब्याजदरमा किस्ताबन्दीमा सवारी साधन खरिद गर्न सकिनेछ । साथै, कम्पनीले विशेष छुटको व्यवस्था पनि मिलाएको छ । कम्पनीले मोडल हेरी १५ हजारदेखि एक लाख रुपैयाँसम्मको छुट दिने जनाएको हो । १९११ देखि प्रचलित विश्वप्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरूको रोजाइ बन्न पुगेको छ । कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इन्जिन र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका एक सय २५ सीसीदेखि ७५० सीसीसम्मका बेनेली बाइक तथा स्कुटरहरू नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया