वित्तीय प्रणालीमा अधिक तरलता दुई दिनमा एक खर्ब प्रशोचन
काठमाडौं,बैंकिङ प्रणालीमा अहिले ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार केही महिनायता बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहेको छ ।
कर्जा प्रवाह भने खासै बढेको छैन । यस्तै उच्च महँगीले गर्दा उपभोग घटेको छ । यही कारण बैंकमा पैसा राखेर निक्षेप खानेहरु बढ्दा वित्तीय प्रणालीमा तरलता बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्रै ५४ खर्ब ७४ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा सात खर्ब १४ अर्ब रुपैयाँ छ ।
बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म ५० खर्ब ८२ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४४ खर्ब ९३ अर्ब रुपैयाँ लगानी गरेका छन भने विकास बैंक र फाइनान्स कम्पनीहरुको लगानी पाँच खर्ब ८७ अर्ब रुपैयाँ छ । निक्षेप र कर्जाको बीचमा अहिले झण्डै ११ खर्ब सात अर्ब रुपैयाँ फरक छ । यस्तै, निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो) ७९ दशमलव ७३ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाले चार खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्न पाउँछन् ।
अहिले अर्थतन्त्रमा आएको संकुचनकै कारण कर्जाको माग नहुँदा क्षमता भएर पनि कर्जा दिनसक्ने अवस्था नरहेको बैंकहरुले बताउँदै आएका छन् । बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले बिहीबार ५० अर्ब रुपैयाँ प्रणालीबाट तानेको छ भने शुक्रबार थप ५० अर्ब रुपैयाँ तान्न लागेको छ । निक्षेप संकलन उपकरणमार्फत बिहीबार ५० अर्ब रुपैयाँ १४ दिनका लागि प्रशोचन गरेको थियो भने शुक्रबार २१ दिनको लागि ५० अर्ब रुपैयाँ तान्न लागेको हो । चैत आठ गते बिहीबार बिक्री गरेको निक्षेप संकलन उपकरण चैत २२ गते परिपक्व हुनेछ भने चैत ९ गते जारी हुने निक्षेप संकलन उपकरण चैत ३० गते परिपक्व हुनेछ । निक्षेप संकलन उपकरण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने मौद्रिक उपकरण हो ।
खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्म निक्षेप उपकरण खरिद गर्नसक्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।
निक्षेप संकलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया