सन नेपाल लाइफको वित्तीय साक्षरता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय साक्षरता प्रदान गरेको छ । कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले यही चैत सात र आठ गते क्रमशः चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुर र मल्पी इन्टरनेसनल कलेज, चक्रपथ, काठमाडांैमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका अनुसार चैत सात गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई वित्तीय बजार, धितोपत्र बजारसम्बन्धी जानकारी गराउनुका साथै लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू, इन्टरनेटलगायत अन्य सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइयो । साथै, सहभागी विद्यार्थीहरूको वित्तीय बजार र धितोपत्र बजारसम्बन्धी सम्पूर्ण जिज्ञासाहरू स्पष्ट गरेको छ ।
कम्पनीका अनुसार २०८० चैत्र ८ गते मल्पी इन्टरनेसनल कलेज, चक्रपथ, काठमाडौंमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूलाई बीमा क्षेत्रसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्दि«त हाजिरी जवाफ प्रतियोगिता क्विक क्विज मेनिया ग्लोबल मनी विक २०२४ आयोजना गरियो । जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सनलाइफ क्यापिटल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो, जसले मर्चेन्ट बैंकिङ व्यवसायअन्तर्गत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया