अमेरिकी डलरको तुलनामा भारु अहिलेसम्मकै कमजोर
मुम्बई । गत शुक्रबार भारतीय रुपये (भारु) अमेरिकी डलरको तुलनामा रेकर्डको सबैभन्दा कम स्तरमा झर्यो । सो दिन डलरको तुलनामा भारु ३५ पैसाले घटेर प्रतिडलर ८३ दशमलव ४८ मा झरेको छ । यसअघि डिसेम्बर १३, २०२३ मा डलरको तुलनामा भारु ८३ दशमलव ४० विन्दुको न्यून स्तरमा झरेको थियो । इन्ट्रा–डे कारोबारमा भारु एक अमेरिकी डलरको तुलनामा ८३ दशमलव ५२ सम्म पुगेको थियो ।
विश्लेषकहरुका अनुसार कमजोर यूरो र पाउण्डका कारण अमेरिकी डलर बलियो भएको हो । डलर बलियो हुनुका साथै चिनियाँ युआनको मूल्यमा आएको गिरावटले भारुलाई दबाब दिएको छ । यसबाहेक भारतीय बजारमा डलरको अभाव देखिएकाले पनि भारुमा असर परेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले पनि चिनियाँ युआनको मूल्यमा आएको गिरावट र स्थानीय बजारमा डलरको माग बढ्दा शुक्रबार भारु अमेरिकी डलरको तुलनामा सबैभन्दा कम स्तरमा पुगेको उल्लेख गरेका छन् ।
चालू आर्थिक वर्ष २०२३/२४मा भारु करिब एक दशमलव २२ प्रतिशतले कमजोर भएको छ । आर्थिक वर्ष २०२३/२४को सुरुमा रुपए प्रतिडलर ८२ दशमलव ३९ रुपए थियो । जुन अहिले घटेर ८३ दशमलव ४८ मा आएको छ । भारतमा मुद्राको मूल्य कसरी निर्धारण गरिन्छ ?
डलरको तुलनामा अन्य कुनै मुद्राको मूल्य घट्यो भने त्यसलाई त्यो मुद्रा कमजोर भएको अथवा अवमूल्यन भएको भनिन्छ । हरेक देशसँग विदेशी मुद्रा सञ्चिति हुन्छ जसबाट उसले अन्तर्राष्ट्रिय कारोबार गर्छ । विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धि र घटेको असर मुद्राको मूल्यमा देखिएको हुन्छ ।
भारतको विदेशी मुद्रा सञ्चितिमा रहेको अमेरिकी डलर भारुको सञ्चिति बराबर भएमा भारुको मूल्य स्थिर रहन्छ । डलर सञ्चिति घट्यो भने रुपए कमजोर हुन्छ, बढ्यो भने रुपए बलियो हुन्छ । जसलाई फ्लोटिङ दर प्रणाली भनिन्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया