दैलेख खण्डको सडक जेठभित्र सम्पन्न हुने
दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत दैलेख खण्डमा कालोपत्रको काम आगामी जेठभित्र सम्पन्न हुने तयारीमा छ । करिब एक सय २२ किलोमिटरको उक्त खण्ड जेठभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको हो ।
सडक पूरै कालोपत्र भइसकेपछि स्थानीय उत्पादनले सहजै बजार पाउनेछन् भने स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना हुनेमा स्थानीयले आशा गरेका छन् । यस खण्डलाई दैलेखको भाग्य र भविष्य परिवर्तन गर्ने महत्वपूर्ण आयोजनाका रूपमा लिइएको छ । पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने दैलेख खण्डको एक सय २५ किमीमध्ये एक सय २२ किमी खण्ड कालोपत्र आगामी जेठभित्र सम्पन्न गर्नेगरी काम भइरहेको मध्यपहाडी सडक आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन् । उनका अनुसार बाँकी तीन किमी खण्डको विषयलाई लिएर सर्वोच्चमा मुद्दा परेकाले काम रोकिने भएको हो ।
निर्माणका क्रममा देखिएका कतिपय कमजोर संरचना पुनः निर्माण गर्नुपर्ने भएकाले आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्माण कम्पनीलाई बारम्बार ताकेतासँगै निर्देशन दिँदै आएको न्यौपानेले बताइन् । गत वर्ष करिब ९० किमी खण्ड कालोपत्र सम्पन्न भएको थियो । चालू आवको जेठसम्म दैलेख खण्डमा पर्ने अधिकांश सडक कालोपत्र सक्ने गरी कामलाई तीव्र दिइएको आयोजना प्रमुख न्यौपानेले जानकारी दिइन् । ‘सडक सञ्चालनमा कुनै अवरोध नभए पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्’, उनले भनिन्, ‘जसले गर्दा यात्रुहरूले महँगोमा भाडा तिरेर यात्रा गर्नुपरेको गुनासो समेत गरिरहेकाले शीघ्र सञ्चालनका लागि काम भइरहेको छ ।’
दैलेख सदरमुकामको पूर्वी खण्डअन्तर्गत जाजरकोटको सुयाडा र पश्चिम खण्डअन्तर्गत अछामसम्म सहज सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीयवासीले दबाब दिँदै आएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय दैलेखले सवारी साधनलाई रुट प्रमिट दिने विषय कर्णाली प्रदेश सरकारको भएकाले प्रदेश सरकारलाई पत्र लेखी पठाइएको जनाएको छ । सडक सञ्चालन भएसँगै किसानको उत्पादनले बजार पाउने र आर्थिक अवस्था सुधार हुने आशा गरिएको स्थानीय हरिस गिरीले बताए । सडक नियमित सञ्चालनका लागि प्रदेश सरकारले तत्काल रुट प्रमिट दिनुपर्नेमा उनले जोड दिए ।
मध्यपहाडी सडकखण्डको काममा गुणस्तरीयता कायम नभएको, काममा ढिलाइ भएको भन्दै नागरिकले आवाज उठाएपछि जिप्रकाले कामको गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको छ । साथै, प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आफैँले उक्त खण्डको स्थलगत अवलोकन गरेका छन् । पश्चिम क्षेत्रमा स्थलगत अनुगमनमा पुगेका प्रजिअ भुसालले जेठभित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको भन्दै सोहीअनुसार कामलाई तीव्रता दिइएको बताए । उनका अनुसार आयोजना कार्यालयले बारम्बार अनुगमनका लागि दुई जना इञ्जिनियरसमेत खटाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, कोशी प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया